कुटपिटपछि मृत्यु प्रकरणः गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी « Khabarhub

कुटपिटपछि मृत्यु प्रकरणः गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएर उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ। उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो। उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ। शवलाई अहिले उनको घरमा लगिएको छ। शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन्।

आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन्। हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धि र बलात्कारको मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको छ। घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन्।

गीताका १५ र १३ वर्षका दुई छोरी छन्। उनीहरुको जिम्मा स्थानीय अधिकारकर्मीहरुले लिने भएका छन्। त्यस्तै, किरिया खर्चका लागि अधिकारकर्मीहरुले सहयोग संकलन पनि गरेका छन्।

किरिया खर्चका लागि जिल्ला बाल कल्याण समितिले १० हजार, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले १५ हजार, बागमती प्रदेश सांसद रीना गुरुङले पाँच हजार रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थाले स्वेच्छिक रुपमा ३१ हजार रुपैयाँ उपमेयर उप्रेतीमार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरेका छन्।

न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरुको सहयोग लिएको छ। बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन्।

एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशिल घटनामा पीडित वा पीडित पक्षका व्यक्ति होस्टाइल भइँदिँदा न्यायिक प्रक्रियामा समस्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ।’ न्यायिक प्रक्रियाका लागि आफुहरुले सहयोग गर्ने उनीहरुले अधिकारकर्मीहरुले प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : ४४ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही