चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग « Khabarhub

चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी दिएका हुन् । “यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गर्छु, नभए घर बेचेरै भए पनि एक वा डेढ करोड जति हुन्छ, बेचेर व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु” उहाँले बजेटमाथिको छलफलमा भाग लिँदै भने ।

उनले वीरगञ्जमा चिनी मिल खुलेमा बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौँ मानिसलाई रोजगारी प्राप्त हुने र कृषि औजार कारखानाबाट मुलुकभरका किसानलाई कृषि औजार उपलब्ध हुने भएकाले छिटो सञ्चालन गर्न माग गरे । उनले बजेटमा कतिपय राम्रा कुरा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको पनि बताए ।

सरकारले १० कुरामा आयात नगर्ने भन्ने निर्णय गरेको तर आत्मनिर्भर भएको बिस्कुट र साबुनमा जस्ता वस्तुमा आयात रोक्ने कुरामा ध्यान जान आवश्यक रहेकोमा जोड दिँदै उहाँले  आत्मनिर्भर रहेका वस्तुको आयात रोक्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  २ : १७ बजे

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि