प्रदेश सरकारद्वारा विराटनगरमा निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालन « Khabarhub

प्रदेश सरकारद्वारा विराटनगरमा निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालन


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

विराटनगर-१० स्थित पाँच बिघा क्षेत्रफलमा अवस्थित साविकको कोसी अस्पतालस्थित कोभिड-१९ उपचार केन्द्रमा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला, एक्सरेलगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने जनाइएको छ ।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले अस्पतालको उद्घाटन गर्दै प्रदेशका नागरिकलाई सवल र सहजरुपमा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन केन्द्र सञ्चालनमा ल्याइएको बताए। उनले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सरकार संवेदशील रहेको बताउँदै कोभिडका कारण स्वास्थ्य क्षेत्रमा प्रविधि र उपकरण व्यस्थापनमा प्रगति भएको बताए । उनले भने, “अब यसको सही र उचित प्रयोग गर्नुपर्छ ।”

मन्त्री यादवले केन्द्रमा उपलब्ध जनशक्तिले नागरिकको सेवामा दत्तचित्त भएर कार्य गर्न निर्देशन दिँदै केन्द्रमा स्वास्थ्यमैत्री वातावरण बनाउन सबैले आफ्नो क्षेत्रबाट जिम्मेवार हुनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव अनोज भट्टचनले केन्द्रमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरिने बताए ।

कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेलले केन्द्रमा विशिष्ट सेवा सहितको बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक सहितको जनशक्ति उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरे । केन्द्रका निमित्त संयोजक अनुपम राजवंशीले पाँच चिकित्सक, १८ स्टाफनर्सलगायत ५४ कर्मचारी कार्यरत रहेको जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : ०४ बजे

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो