शुक्रबार ओटीटीमा आउँदै ‘केजीएफ : च्याप्टर २’ « Khabarhub

शुक्रबार ओटीटीमा आउँदै ‘केजीएफ : च्याप्टर २’


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसवर्षको प्रतीक्षित फिल्म मध्येको एक ‘केजीएफ : च्याप्टर २’ प्रदर्शनरत छ । प्रदर्शन पश्चात यसले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले आक्रामक व्यापारका साथ ओपनिङ समेत गरेको थियो । ‘केजीएफ : च्याप्टर १’ मार्फत सुपरस्टार बनेका यशकै वरपर फिल्मको कथा घुमेको छ ।

पहिलो च्याप्टरको सफलतापछि आउँदै गरेको सिक्वेललाई अझै विशाल बनाइएको छ । फिल्मले विश्वभरको बक्स अफिसमा एक हजार करोड भन्दा बढी कलेक्सन गरिसकेको छ । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बनेका छन् । उनको क्रेज विश्वभर बढेको छ । फिल्ममा यशसँगै श्रीनिधि शेट्टी, सञ्जय दत्त, रविना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पहिलो च्याप्टर आउँदा सामान्य साउथको फिल्मको रुपमा हेरिएको ‘केजीएफ’ ले कन्नडा फिल्मलाई विश्वभर चिनायो । प्रशान्त नीलको निर्देशनमा बनेको फिल्मले डिजिटल राइट्स वापत ३ सय २० करोड रुपैयाँ पाएको खबर भारतीय मिडियामा छ । फिल्म यही जुन महिनाको ३ तारिखमा ओटीटीमा आउने छ । दर्शकले यसलाई अमेजन प्राइम भिडियोमा हेर्न पाउनेछन् ।

केही समय अगाडि नै पे  पर भ्यु सिस्टममा उपलब्ध यो फिल्म अब सम्पूर्ण सब्सक्राइबरले अतिरिक्त शुल्क नतिरी हेर्न पाउने छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : ३० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको