सी डिभिजन लिगमा पुल्चोकको सातौँ जित « Khabarhub

सी डिभिजन लिगमा पुल्चोकको सातौँ जित


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँः शहीद स्मारक सी डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबले सातौँ निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा पुल्चोकले महावीर क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

पुल्चोकको जितमा शैराब लो तामाङ र सुमन श्रेष्ठले २–२ गोल गरे भने महावीरका लागि रविन राईले १ गोल फर्काए । खेलको १४ औँ मिनेटमा शैराबले पहिलो गोल गर्दै पुल्चोकलाई अग्रता दिलाए ।

खेलका ४९ औँ मिनेटमा पुल्चोकको लागि दोस्रो गोल गर्दै शैराबले अग्रतालाई दोब्बर बनाए । खेलको ५३ औँ मिनेटमा रविनले गोल गर्दै महावीरका १ गोल फर्काए । खेलको १४ औँ मिनेटमा सुमनले पुल्चोकको लागि तेस्रो गोल गरे ।

खेलको ७९ औँ मिनेटमा सुमनले पुल्चोकको लागि चौथो गोल गरे । पुल्चोकका शैराब म्यान अफ द म्याच’ घोषित भए ।

अर्को खेलमा मनोहरा युनाइटेड क्लब र खालीबारी युथ फुटबल क्लब दिउँसो पौने ४ बजे आमने सामने हुनेछन् ।

मनोहरा र खालीबारी चौथो जितमा छ । मनोहरा ९ औँ स्थानमा र खालीबारी १० औँ स्थानमा छ । दुवै खालीबारी र मनोहराको समान १३ अंक रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ३ : ४९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा