‘फाइनलिसिमा’ : इटाली र अर्जेन्टिनाबीचको फुटबल खेल आज « Khabarhub

‘फाइनलिसिमा’ : इटाली र अर्जेन्टिनाबीचको फुटबल खेल आज


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- युरोपेली र दक्षिण अमेरिकी फुटबलका विजेताबीच आयोजना गर्न लागिएको ‘फाइनलिसिमा’ खेलमा बुधबार अर्जेन्टिना र इटालीबीच प्रतिस्पर्धा हुने भएको छ ।

बेलायतको लन्डनस्थित वेम्बली स्टेडियममा अर्जेन्टिना र इटाली आमने सामने हुनेछन् । दुबै टोली नेपाली समयअनुसार राति साढे १२ बजे मैदान उत्रिनेछन् ।

इटालीले पछिल्लो संस्करणको युरोकप जित्दै तथा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दै फाइनलिसिमामा ठाउँ पक्का गरेका हुन् ।

सन् २०२० को युरोकप फाइनलमा इटालीले इङ्ल्याण्डलाई पेनाल्टीमा पराजित गर्दै उपाधि जितेको थियो । यता अर्जेन्टिनाले भने फाइनलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो ।

फाइनलसिमा ठिक ९० मिनेटको लागि खेलाइन्छ । निर्धारीत समयसम्म खेल बराबरीमा सकिएको खण्डमा भने विजेताको निर्णयका लागि पेनाल्टी सुट आउटबाट हुनेछ ।

युरोपेली फुटबल महासंघ युएफा र दक्षिण अमेरिकी फुटबल महासंघ कोन्मेबोलको समन्वयमा फाइनलिसिमाको आयोजना गरिएको हो । २०२२ को खेल फाइनलिसिमाको तेस्रो संस्करण हुनेछ ।

यसअघि सन् १९८५ मा फ्रान्सको पेरिसमा भएको पहिलो संस्करण फ्रान्सले जितेको थियो । सन् १९९३ मा अर्जेन्टिनाको मार देल प्लाटामा भएको दोस्रो संस्करण भने अर्जेन्टिनाले जितेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ४ : ५५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको