सेयर बजार नेप्से ७ अंकले घट्यो « Khabarhub

सेयर बजार नेप्से ७ अंकले घट्यो


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेयर बजार नेप्से बुधबार ७ अंकले ओरालो लागेको छ । नेप्सेमा बुधबार ७.१९ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २१ सय ३० दशमलव ७३ अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेमा सेन्सेटिभ इन्डेक्स १.१६ अंकले घटेर ४ सय १४.४७ अंकमा पुगेको छ ।

नेप्सेमा ३० लाख २० हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा २ सय २७ कम्पनी सेयर कारोबार हुँदा ११४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् भने ९७ कम्पनीका सेयरधनीले गुमाएका छन् । 

नेप्सेमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एउटा  कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १२ रुपैयाँले बढेर १३९ रुपैया र मैलुङखोला जलव्यिुत् कम्पनीको सेयर मूल्य ४८ रुपैयाँले बढेर ५२८ रुपैयाँ पुगेको छ । 

त्यस्तै नेप्सेमा  शेखर इन्स्योरेन्स कम्पनीको सेयरमा १०२ रुपैयाँले घटेर ९२४ रुपैयाँ पुगेको छ ।  सेयर बजारमा डेभपलमेन्ट बैंक सेक्टर, हाइड्रो पावर कम्पनी सेक्टर र फाइनान्स सेक्टरबाहेक अन्य सेक्टरमा ओरालो लागेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : ३४ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,