ब्रेकिङ स्टोरी

काठमाडौँका मेयर शाह र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

By खबरहब

June 01, 2022

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाइ दिएका थिए । 

त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए । 

प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने । भेटमा शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । 

शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए । निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए ।