हुम्ला जिल्ला अदालतको भवन उद्घाटन « Khabarhub

हुम्ला जिल्ला अदालतको भवन उद्घाटन


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गरेका हुन् । उनले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताए । उनले हरेक नेपाली न्यायका पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताए । कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यवसायी सदैव गम्भीर हुनुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी सीता परियार र जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकामा खुसी व्यक्त गरे।  भवन निर्माणका लागि रु दुई करोड ६२ लाख २५ हजार खर्चिएको अदालतका स्रेस्तेदार कमलकुमार आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : २६ बजे

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना

काठमाडौँ महानगरभित्र १९ सय सहकारी सञ्चालनमा, ५० प्रतिशतले पनि बुझाउँदैनन् प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,