अक्षयलाई प्रश्न, ‘एक दिनको लागि प्रधानमन्त्री बन्नु भयो भने के गर्नु हुन्छ? « Khabarhub

अक्षयलाई प्रश्न, ‘एक दिनको लागि प्रधानमन्त्री बन्नु भयो भने के गर्नु हुन्छ?


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारको फिल्म गर्ने रफ्तार अन्य भन्दा बढी छ । उनले वर्षमा न्यूनतम ४ देखि ६ फिल्ममा काम गर्ने गर्छन । यो उनको दर्शकसम्म पुग्ने फिल्मको संख्या हो । पछिल्लो केही समय यता बलिउडमा सबै भन्दा बढी फिल्म गर्ने लिस्टमा अक्षय एक नम्बरमा आँउछन् । पछिल्लो रिलिज बच्चन पाण्डे पश्चात उनको ‘सम्राट पृथ्वीराज’ केही समयमा दर्शक माझ आउँदैछ । 

ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराजकै प्रमोसनमा अक्षय व्यस्त छन् । प्रमोशनकै क्रममा उनलाई एक दर्शकले ‘तपाईं एकदिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ? ’ भनी सोधे । यसको जवाफ दिँदै  अक्षयले आफू प्रधानमन्त्री बन्न योग्य नरहेको बताए । ‘मेरो कट–आउट प्रधानमन्त्री बन्न योग्य छैन । म आफ्नै अभिनयको सानो संसारमा खुसी छु । हाम्रो प्रधानमन्त्री धेरै काम गर्नुहुन्छ । म त्यति धेरै काम गर्नसक्छु जस्तो लाग्दैन’, अक्षयले भने ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ३१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी