परिवारबाट हिंसामा परेको भन्दै ७५ वर्षीय वृद्धद्वारा देश छोड्ने निर्णय « Khabarhub

परिवारबाट हिंसामा परेको भन्दै ७५ वर्षीय वृद्धद्वारा देश छोड्ने निर्णय


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबै आमाबुबाले आफ्ना सन्तानका लागि जीवन अर्पेका हुन्छन् । आफू भोकभोकै रहेर पनि आफ्ना सन्तानलाई भोको हुन दिँदैनन् ।

सन्तानको  सुखमा आफ्नो सबै दुःख बिर्सिन्छन् । त्यसरी जीवन समर्पित गर्नुको एउटै उद्देश्य हो सन्तान बुढेसकालको सहारा बनुन् । तर, सप्तरीका एक ७५ वर्षीय वृद्ध आफ्नै श्रीमती र छोराबाट पटक-पटक हिंसामा परेको भन्दै देश छोड्ने निर्णयमा पुगेका छन् ।

रुपनी गाउँपालिका-१ का रामप्रसाद साहले आफ्नै परिवारबाट असुरक्षित रहेको भन्दै न्याय खोजिदिन प्रशासन र पत्रकारसँग आग्रह गरेका छन् ।

छोराहरूले हेला गर्न थालेपछि विगत ९ वर्षदेखि घरपरिवार त्यागेर छिमेकीको घरमा भाडा लिएर बस्दै आएका साह रुपनी बजारमै सानो किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

छोरा आनन्दप्रसाद साह, जितेन्द्रप्रसाद साह र गणेशप्रसाद साहले अनावश्यक कुटपिट गर्ने गरेपछि शान्तिपूर्ण बाँच्नेस्थिति नरहेकोले देश छाड्ने मनसाय बनाएको उनले बताए ।

जेठ १० गते जेठो छोरा आनन्दले बिना कारण निहुँ खोजेर कुटपिट गरेको घटनाको विषयमा इलाका प्रहरी कार्यालय रुपनीमा निवेदन दिँदासमेत प्रहरीले चासो नदेखाएको साहको आरोप छ ।

सम्पत्तिको नाममा किराना पसल र सरकारले दिने सामाजिक सुरक्षा भत्ता बाहेक आफूसँग अरू केही नभएको साहले  बताए ।

२०७० सालदेखि श्रीमती र छोराछोरीबाट अलग्गै बस्दै आएको जानकारी दिँदै साहले आफू एक्लै बस्दासमेत बेलाबखत छोराहरूले कुटपिट गर्ने गरेको दुखेसो पोखे ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ३५ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।