मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय आजबाट लागू « Khabarhub

मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय आजबाट लागू


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने नियम आजदेखि लागू गरेको छ ।

जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’ को मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने नियम आजदेखि लागू गरिएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने नियम बनाउन प्राधिकरणलाई निर्देशन दिएका थिए ।

प्राधिकरणले उडानका लागि बनाएको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने आन्तरिक उडानमा केही समय ढिलाइ भएको थियो ।

उडान सुरक्षालाई ध्यानमा राखेर लागू गरिएको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान दुई घण्टा उडान ढिलो भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा दुई घण्टाजति रोकिएको थियो । मौसमबारे जल तथा मौसम विज्ञान विभागले रिपोर्ट नदिएको भन्दै प्राधिकरणले उडानका लागि अनुमति नदिँदा उडान दुई घण्टा रोकिएको बताइएको छ । 

प्रतिकूल मौसमका कारण देशमा पटकपटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै क्यानले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने निर्णय गरेको हो ।

महानिर्देशक अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेर गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ । 

उक्त निर्णयपछि अब जहाज उड्ने रुटको मौसमसमेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ । 

प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एयरको जहाज दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक अनुमान रहेको छ ।

उक्त जहाज दुर्घटनामा परी चालक दलका सदस्य तीन जना, १३ नेपाली, चार भारतीय तथा दुई जर्मन नागरिकसहित २२ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ४१ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र