परिवर्तन नेपालको सम्मान कार्यक्रम सम्पन्न  « Khabarhub

परिवर्तन नेपालको सम्मान कार्यक्रम सम्पन्न 


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परिवर्तन नेपालको आयोजनामा नेपालका विशिष्ट अभिनेत्रीहरू सहित महिला चलचित्रकर्मीहरुको आतिथ्यतामा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा विभिन्न चलचित्रकर्मीलाई परिवर्तन नेपाल सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपा श्री निरौला, अभिनेत्री रेजिना उप्रेती, संपादक र निर्देशक रक्षा राणा, सञ्चारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व.चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की तथा चलचित्रकर्मीहरू, मोहन निरौलाकी दिदी सावित्री कोइरालाले पुरस्कार र सम्मानित व्यक्तित्वलाई पुरस्कार तथा सम्मान समर्पण गरेकी छन् ।

हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न समारोहमा अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाँको थैली सहित लिखत पत्र समर्पण गरिएको थियो । वि.सं. २०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व.विजय राणाले स्थापना गरेको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर जबरा र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला छन् ।

समारोहमा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार चलचित्रकर्मी मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको लिखत पत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देश भक्त खनाललाई ११ हजार १ सय ११ रुपैयाँ सहितको लिखत–पत्र समर्पण गरिएको थियो । सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान समर्पण गरिएको थियो ।

चलचित्र क्षेत्रमा विशेष योगदान पुर्‍याउने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गरियो । समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल/अभिनेत्री दिपाशा विसी, खेलाडी/कलाकार नन्दा बस्याल, रङ्गकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।

गायक/संगीतकार तथा सञ्चारकर्मी सरोज कोइरालाले सञ्चालन गरेको उक्त समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य ब्यक्त गर्दै परिवर्तन नेपालले आफ्नो स्थापना काल २०५३ देखिनै चलचित्रकर्मीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्दै आइरहेको बताए । समारोहमा पुरस्कृत व्यक्तित्व अभिनेत्री मिथिला शर्माले विशिष्ट संस्कृतिविद् तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानलाई राष्ट्रले सम्झनु पर्नेमा परिवर्तन नेपालले सम्मान स्वरुप पुरस्कार स्थापना गरेकोमा परिवर्तन नेपाललाई धन्यवाद दिए । यसैगरी अभिनेत्री करिष्मा मानन्धरले नेपालमा चलचित्र सम्बन्धी पहिलो पुरस्कार हरितारा पुरस्कार भएको चर्चा गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्न परिवर्तन नेपालले पुरस्कार अर्पण गर्दै आएकोमा चलचित्रकर्मीको तर्फबाट धन्यवाद दिए ।

अभिनेत्री रेखा थापाले चलचित्रकर्मीहरूको उत्थानका लागि यस प्रकारका पुरस्कारले प्रोत्साहन मिल्ने चर्चा गर्दै प्रत्येक चलचित्रकर्मीहरु देश समाज परिवर्तन गर्ने नायक भएको महशुल गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । समारोहमा कलाकार/निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदास श्रेष्ठ, देशभक्त खनाल र मनोज केसीले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : १२ बजे

सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा ख्याल गर्न प्राधिकरणको आग्रह

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन

सवारी दुर्घटनामा गाडी चालकको मृत्यु

बैतडी– बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु