नाराको केन्द्रीय अध्यक्षमा शिव अधिकारी निर्वाचित « Khabarhub

नाराको केन्द्रीय अध्यक्षमा शिव अधिकारी निर्वाचित


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् । । नाराको सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारी एडरिफ्ट एडभेञ्चरका सञ्चालकसमेत हुन् ।

उपाध्यक्षमा रेन्बो एडभेञ्चरका सञ्चालक शिशिर खनाल, महासचिवमा रक रिभरसाइड रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, सचिवमा नेपाल रिभर रनरका सञ्चालक राजु खड्का, कोषाध्यक्षमा नेक्सस हिमालयन रिभरका सञ्चालक राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा स्वीसा ¥याफ्टिङका सञ्चालक इन्दुदेवी वाग्ले निर्वाचित भएका निर्वाचन अधिकृत सूर्यप्रसाद जोशीले जानकारी दिए ।

कार्यसमिति सदस्यमा रिभर बे एण्ड ¥याफ्टिङका सञ्चालक महेन्द्र श्रेष्ठ र तमोर रिभर एडभेञ्चरका सञ्चालक मदन ढकाल निर्वाचित भएका हुन् । नारामा निवर्तमान अध्यक्ष र पोखरा शाखाका अध्यक्ष स्वतः पदेन सदस्य हुने व्यवस्था रहेको छ । यस्तै एक जनालाई अध्यक्षले पछि मनोनीत गर्ने नाराले जनाएको छ । नाराको वर्तमान कार्यसमितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था रहेको छ । रासस

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ९ : ५९ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र