पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ « Khabarhub

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षिया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् । बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्यरुपमा अन्त्यष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो ।

मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाको टोली मसानघाटमा पुग्दा शव बेवारिसे छोडेर तीनैजना फरार भएका थिए । प्रहरीले जल्दै गरेको शव बरामद जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : २२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन