‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ « Khabarhub

‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति पारित गरेको छ । उक्त अभियानमा छोरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी, जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्ने योजना रहेको छ । त्यस्ता छोरीको अध्ययनमा सहयोग गरिने छ र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचार–प्रसार एवं अभिमुखीकरण कार्यक्रम गरिने नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले  जानकारी दिए । 

नगरपालिकाभित्र स्थायी बसोबास गर्न विद्यालय तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने छ । स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पुर्‍याइने छ । साथै सेवा केन्द्रको मनोविमर्श सेवालाई निरन्तरता दिई सक्षम नेतृत्व बनाउने लक्ष्य रहेको छ । महिलाहरूद्वारा  सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि सहयोग  गरिने व्यवस्था रहेको प्रशासकीय अधिकृत सिग्देलले बताए । व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरिने छ र हिंसामा परेका महिलालाई  कानुनी उपचारका लागि सहयोग एवं उनीहरूको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने छ ।

उच्च शिक्षा अध्ययन गर्न आर्थिकरूपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन व्यवस्था मिलाइने उपप्रमुख इन्दिरा दरैले जानकारी दिए । दलित, सीमान्तकृत लोपोन्मुख, जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गरिने छ ।नगरपालिकाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्न र अनुभव आदानप्रदान गर्ने किसिमको कार्यक्रम पनि रहेको उनले बताए। 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : ३४ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल