‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ | Khabarhub Khabarhub

‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिका कार्यालयले ‘आत्मनिर्भर छोरी सशक्त व्यास नगर’ नीति पारित गरेको छ । उक्त अभियानमा छोरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी, जनजाति, दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्ने योजना रहेको छ । त्यस्ता छोरीको अध्ययनमा सहयोग गरिने छ र २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचार–प्रसार एवं अभिमुखीकरण कार्यक्रम गरिने नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि ‘उपप्रमुख महिला सीप विकास कार्यक्रम’ सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले  जानकारी दिए । 

नगरपालिकाभित्र स्थायी बसोबास गर्न विद्यालय तहसम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदान सहयोग प्रदान गर्ने व्यवस्था मिलाइने छ । स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पुर्‍याइने छ । साथै सेवा केन्द्रको मनोविमर्श सेवालाई निरन्तरता दिई सक्षम नेतृत्व बनाउने लक्ष्य रहेको छ । महिलाहरूद्वारा  सञ्चालित सहकारीलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गर्दै महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत गर्भवती महिलाको पोषणका लागि सहयोग  गरिने व्यवस्था रहेको प्रशासकीय अधिकृत सिग्देलले बताए । व्यास नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन गरिने छ र हिंसामा परेका महिलालाई  कानुनी उपचारका लागि सहयोग एवं उनीहरूको सुरक्षा र संरक्षणको व्यवस्था मिलाइने छ ।

उच्च शिक्षा अध्ययन गर्न आर्थिकरूपमा विपन्न रहेका छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन व्यवस्था मिलाइने उपप्रमुख इन्दिरा दरैले जानकारी दिए । दलित, सीमान्तकृत लोपोन्मुख, जाति एवं मुस्लिम समुदायका महिलालाई नेतृत्व विकास एवं सीप विकासका विभिन्न कार्यक्रममार्फत सशक्तीकरण गरिने छ ।नगरपालिकाका महिला जनप्रतिनिधिको नेतृत्व र क्षमता विकास गर्नका लागि प्रशिक्षण, अवलोकन भ्रमण, अनुसन्धानात्मक गतिविधि सञ्चालन गर्न र अनुभव आदानप्रदान गर्ने किसिमको कार्यक्रम पनि रहेको उनले बताए। 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : ३४ बजे

बीपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रे– बीपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा– अविरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं – बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक

कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई

रजनीकान्त र लोकेशको ‘कुली’ले बक्स अफिसमा कायम गर्‍यो नयाँ रेकर्ड

काठमाडौं – बलिउड र दक्षिण भारतीय सिनेमाको चर्चित अभिनेता रजनीकान्त