कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम्: राष्ट्रपति भण्डारी | Khabarhub Khabarhub

कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम्: राष्ट्रपति भण्डारी


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै  कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई कानुनको परिपालना गराउन विश्वविद्यालयमा कार्यरत कानुनका प्राध्यापक तथा अध्ययनरत विद्यार्थीको अहम् भूमिका रहने बताएकी छिन् ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा यदाकदा देखिने विचलनहरूका बारेमा समेत प्राज्ञिक विमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बद्ध निकायहरूलाई निगरानीका साथै पृष्ठपोषणसमेत गर्नुपर्नेमा जोड दिइन् ।

‘मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारको विकास गर्दै  कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै अगाडि लैजान अति आवश्यक छ,’ उनले भनिन्, ‘कानुनी शिक्षा मूलतः नागरिकको जीवन, स्वतन्त्रता, प्रतिष्ठा र सम्पत्तिसँग प्रत्यक्ष जोडिएको व्यावहारिक र व्यावसायिक शिक्षा भएकाले यसमा ज्ञान, सीप, विवेक र नैतिकताको सम्मिश्रण हुन अत्यन्तै आवश्यक हुन्छ  भन्ने मेरो विश्वास रहेको छ ।’

समारोहमा राष्ट्रपति भण्डारीले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नाका साथै क्याम्पसबाट प्रकाशित स्थापना दिवस स्मारिकाको पनि लोकार्पण गरिन् । यस्तै ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’ डा सूर्य सुवेदीलाई प्रदान गरिएको थियो । समारोहमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयको स्थापनाअघि नै विक्रम संवत् २०११ मा स्थापित सो ऐतिहासिक क्याम्पसले मुलुकलाई  आवश्यक पर्ने कानुन क्षेत्रका दक्ष र क्षमतावान् जनशक्ति उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : ११ बजे

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा

भौतिक पूर्वाधारमन्त्रीको एक वर्ष : १०५ वटा पक्की पुल र १० वटा बेलीबृज जडान

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ 

नयाँदिल्ली– बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन

सौर्य एयरलाइन्सको दुर्घटनाबारे अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन

शेखरको सक्रियताबारे अमरेश भन्छन्- ओली नेतृत्वको गठबन्धन ढाल्न नयाँ ध्रुवीकरण हुँदैछ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला बिहीबार नेकपा (माओवादी