मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो « Khabarhub

मेयर शाह र राष्ट्रपति भण्डारीको फोटो तीन महिना पुरानो



फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा अहिले एउटा फोटो भाइरल भैरहेको छ। फोटोमा काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रपति विद्यादेवी भण्डारी देखिन्छन्। फोटोमा शाह राष्ट्रपतिको कार्यकक्षमा राष्ट्रपति भण्डारी बसेको भन्दा केही टाढा उभिएका छन् । कुर्सीमा लहरै अरु पनि मान्छे बसिरहेकाले उक्त कार्यक्रम औपचारिक भेटघाटको भएको अनुमान लगाउन सकिन्छ। उक्त फोटो राष्ट्रपति भण्डारी र मेयर शाह बीच हालैको भेटको भएको दाबी गत असार १६ गतेदेखि सामाजिक सञ्जालमा गरिएको थियो। आफुलाई वैकल्पिक राजनीतिक धारकाे बताउने ३ लाख ४७ हजार बढी लाइक भएको ‘अल्टरनेटिभ फर नेपाल’ नामक फेसबुक पेजमा उक्त फोटो सहित गत असार १६ गते यस्तो स्टाटस पाेष्ट गरिएको थियाे : “काठमाडौं महानगर प्रमुख र राष्ट्रपति विद्यादेवी भण्डारी बिचको (भेटघाट?) लाई तपाई के भन्नुहुन्छ? (कृपया गणतन्त्रलाई गाली नगर्नुहोला।)”। यसै गरी गण्डकी समाज नामक अनलाईनले १ लाख २५ हजार लाईक भएको पेजमा गत असार १६ गते फोटो सहित पोष्ट गरिएको थियो “काठ्माडौं मेयर बालेन शाहको भेटघाट = राष्ट्रपति बिद्या देबि भण्डारी ,,”।

फेसबुकमा गरिएको दावीको स्कृनसट

ट्वीटरमा गरिएको दावीको स्कृनसट

हामीले यो दाबीको तथ्य जाँच गरेका छौँ।

हामीले यो फोटो कहिलेको हो भनी पत्ता लगाउन रिभर्स ईमेज सर्च गर्यौं। रिभर्स ईमेज सर्च गर्दा हामी नेपाल प्रेसको समाचार मार्फत काठमाडौंका मेयर शाहको आधिकारिक फेसबुक पेजमा भएको फोटोमा पुग्यौं। अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको यही फोटो मेयर शाहले गत १० चैत २०७८ मा फेसबुकमा राखेका थिए। शाहले फेसबुकमा राखेको उक्त फोटो पानीसम्बन्धी समस्या र समाधानको उपाय बारे राष्ट्रपतिले विशेषज्ञ टोलीसँग परामर्श गर्दाकाे बेला खिचिएको हाे। उक्त विशेषज्ञ टोलीमा जलस्राेत विज्ञ दिपक ज्ञवाली लगायतका विज्ञ र विभिन्न विश्वविद्यालयका बरिष्ठ प्राध्यापक सम्मिलित रहेको समेत शाहको पोष्टमा उल्लेख छ। शाहले फेसबुकमा तीन वटा फोटो राखेका छन्। एउटा फोटोमा अग्रपंक्तिमा ८ जना मास्क लगाई सामाजिक दुरी कायम गरेर बसेको देखिन्छ। दिपक ज्ञवालीले आफु पनि त्यस कार्यक्रममा उपस्थित रहेको एक ट्वीट मा जनाएका छन्। हरेक वर्ष २२ मार्चमा विश्वभर मनाइने पानी दिवसको सन्दर्भमा भएको कार्यक्रममा शाह र दिपक ज्ञवाली लगायतको उपस्थिति रहेको नेपाल प्रेसको समाचारमा उल्लेख छ।

बालेन शाहको फेसबुक पोष्ट

शाह ३० बैशाख २०७९ मा भएको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा चुनिएका थिए। अर्थात् यो फोटो पोष्ट गरेको दुई महिनापछि मात्र शाह काठमाडौंको मेयर भएका हुन्। राष्ट्रपति भण्डारीलाई भेट्दा शाह काठमाडौँका मेयर थिएनन्।

तथ्य जाँचः

दाबी: काठमाडौंका मेयर बालेन शाह र राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेटघाट हालै भएको भनी फोटो सार्वजनिक।

दाबी गर्नेः फेसबुक, ट्वीटरमा गरिएका विभिन्न पोष्टहरु।

तथ्य जाँचः फोटो वास्तविक भएपनि फोटोसँगै प्रयोग भएको दाबी भने गलत हो। बालेन शाहले राष्ट्रपतिलाई विज्ञका रुपमा पानी दिवसकाे सन्दर्भमा चैत १० गते भेटेका थिए । यो भेट शाह मेयरमा बन्नु भन्दा दुई महिना अगाडिको हो।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : ४९ बजे

कल सेन्टरमा मतदाता सोध्छन्- राष्ट्रिय परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

काठमाडौं- के तपाईंसँग मतदाता परिचयपत्र बनाउने, मतदान क्षेत्र परिवर्तन गर्ने,

एचपीभी खोप लगाउँदा प्रभावकारी

तनहुँ– तनहुँ जिल्लामा पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध एचपीभी खोप अभियानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५