बेँसीशहरका अधिकांश पसल मापदण्ड विपरीत संचालित « Khabarhub

बेँसीशहरका अधिकांश पसल मापदण्ड विपरीत संचालित


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-  लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाका अधिकांश पसलहरू मापदण्ड विपरीत रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय लमजुङको संयुक्त बजार अनुगमनका क्रममा शुक्रबार बजारका विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएका हुन् ।

बजार अनुगमनका क्रममा नगरको वडा नं. ७ र ८ मा रहेको विभिन्न पसल गरी ९ वटामा गरिएको अनुगमनमा ९ वटै विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएको हो । घरेलु कार्यालयका प्रमुख मिताकुमारी  थापाका अनुसार  भिमसेनस्थान, नारायस्थान चोक, कृषि विकास बैँक टोलमा रहेका मसला उद्योग, किराना पसल, मेडिकल हल, भाडा पसल, रेष्टुरेन्ट, फेन्सी स्टोर्स, किराना तथा तरकारी फलफूल पसलमा अनुगमन गरिएको थियो । ती सबै पसलहरू मापदण्ड विपरीत भेटिएको उनको भनाइ छ ।

उनका अनुसार मूल्य सूचि टाँस नगरिएको, बढी मूल्य लिएको, सरसफाइ नभएको, म्याद गुज्रिएका सामाग्री रहेको, बिक्री बिल नदिने गरेको, मासु काठको मुढामा काट्ने गरेको, कपडा पसलमा कस्मेटिक सामाग्री दर्ता बिना बिक्री गरेको लगायतका मापदण्ड विपरीत गर्ने गरेको फेला परेको थियो ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले विभिन्न पसलहरू मापदण्ड विपरीत भेटिएकाले उनीहरूलाई पहिलो चोटि भएकाले सामान्य जरिवाना मात्र गरिए पनि आगामी दिनमा पनि भेटिएमा कडा भन्दा कडा कानुन बमोजिम कारबाही गर्ने बताए । मापदण्ड अनुसार विभिन्न पसलहरू संचालन गर्नका लागि उनले  अनुरोध समेत गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा गरिएको बजार अनुगमनमा घरेलु कार्यालयका प्रमुख थापा सहित, पत्रकार , सुरक्षाकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ०४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा