मेरो फाइदाका लागि फुटबल डुबाउँदिन : प्रशिक्षक केसी  | Khabarhub Khabarhub

मेरो फाइदाका लागि फुटबल डुबाउँदिन : प्रशिक्षक केसी 


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल यू-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

आइतबार राति भारतसँग ८–० अन्तरको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कम बनेको छ । यसअघि सुरुवाती दुई खेलमा शतप्रतिशत जितसहित फाइनल सम्भावना उच्च बनाएको नेपाल भारतसँग पराजित हुँदा भने फाइनलमा स्थान बनाउन कठिन अवस्थामा पुगेको छ ।

अब, नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । यदि मात्रै हैन कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । खेल भोलि (मंगलबार) हुनेछ । आइतबार भने नेपाल पहिलो हाफमा एक गोल बेहोर्दा दोस्रो हाफमा सात गोल बेहोर्न बाध्य भयो ।

‘सबै जनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा  । खेलाडीहरूमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिऊँ । यो मेरो गल्ती हो’, केसीले भनेका छन् ।

यस्तै, केसीले टोलीलाई लयमा फर्काउन दुई दिनको समय रहेको र यदि फाइनल नपुगेका आफ्नो स्वार्थका लागि फुटबल डुबाएर पदमा नबस्ने घोषणा गरेका छन् । ‘मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसी भन्छन् ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गरेको थियो ।

पहिलो पटक यू -२० पद्धतिमा आयोजना भएको साफको तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पाँच टोली सहभागी प्रतियोगितामा लगातार हारसँगै श्रीलंका र माल्दिभ्स बाहिरिइसकेका छन् । यता, बंगलादेशको तीन खेलबाट  नाै अंक रहँदा नेपाल र भारतको समान ६ अंक छ । हेड टु हेडमा भारत बलियो छ र दोस्रो स्थानमा छ ।

अब, अन्तिम दिन नेपालले बंगलादेशलाई कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । त्यो भन्दा सानो अन्तरको जितले समेत नेपाल फाइनल पुग्नबाट गोल अन्तरको आधारमा वञ्चित हुनेछ । सोही दिनको दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि यही प्रतियोगिता यू -१९ र यू -१८ को रूपमा आयोजना हुँदा नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो । अन्तिम संस्करण भने नेपाल समूह चरणबाट माथि उड्न सकेन ।

यता, अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने केसीलाई साफसँगै एएफसी यू -२० पुरुष एसियन कप छनोटका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । करिब सात सय खेलाडीको खुल्ला छनोटबाट अन्तिम २३ खेलाडी छनोट गरेका केसीले बहराइनमा हुने छनोट खेलका लागि समेत नियुक्ति पाएका छन् । समूह बी मा रहेको नेपालले छनोटमा कतार, भुटान, आयोजक बहराइन र बंगलादेशको सामना गर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : ०४ बजे

आज २०८२ साल वैशाख २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २२ गते सोमबार। वैशाख

म्याजिक भ्यानको ठक्करबाट अटोचालकको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर

ओलीसँग कांग्रेसको गठबन्धन ‘सुसाइड’ नै हो

काठमाडौं– अध्येता एवं अनुसन्धानकर्ता शंकर तिवारीलाई मानिसहरुले नेपाली कांग्रेसका युवा

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पा – डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति

स्रोत नखुलेको ९५ लाख भन्दा धेरै नगदसहित चार जना पक्राउ

काठमाडौं – प्रहरीले स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ