१७ अस्पतालमा कोरोनाको उपचार हुने « Khabarhub

१७ अस्पतालमा कोरोनाको उपचार हुने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए । 

उनका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् ।

यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय (त्रिवि) अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरि अस्पताल बागलुङ रहेका छन् । 

यस्तै लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल वीरेन्द्रनगर तथा सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेल्धुरा अस्पताल रहेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ०१ बजे

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता