लिम्पियाधुरा नक्सामा समेटेपछि प्रधानमन्त्रीबाट हट्नु पर्‍यो : ओली « Khabarhub

लिम्पियाधुरा नक्सामा समेटेपछि प्रधानमन्त्रीबाट हट्नु पर्‍यो : ओली


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।

काठमाडौँमा पूर्व सचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा समेटेपछि प्रधानमन्त्रीबाट हट्नु परेको दाबी गरेका हुन् ।

‘त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भू-भाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्साबाट त्यो भू-भाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यति बेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिने वाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नु पर्नेछ’ उनले भने, ‘नभन्दै उस्तै भयो ।’

सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै भएकोमा विवाद नरहेको ओलीले बताएका छन् । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि पनि प्रधानमन्त्रीबाट हट्नु परेको बताए ।

उनले आफू प्रधानमन्त्रीबाट हट्नु परेकोमा दुःख नभई देश जता जाँदै छ, जता लगिँदै छ त्यसमा पिर भएको बताए।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ५० बजे

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८