दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर जबराविरुद्धको प्रस्ताव अगाडि बढाउन सभामुखको ध्यानाकर्षण, निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, महंगीविरुद्ध एमालेको प्रदर्शन, अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रर्दशन, विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन, भारतबाट पुन पेट्रोलियम पदार्थको मुल्य १२ रुपैयाँ ४५ पैसा घटेर आयो, काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए लगायतका समाचारले मुख्य स्थान पाए ।

यी हुन् आज दिनभरका शीर्ष समाचारहरूः

चोलेन्द्रशमशेर जबराविरुद्धको प्रस्ताव अगाडि बढाउन सभामुखको ध्यानाकर्षण
नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज पुगेर बारका पदाधिकारीको टोलीले सभामुख सापकोटालाई भेटेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो ।

बारकी महासचिव अञ्जिता खनालले चालु अधिवेशनबाट नै प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्ने गरी प्रक्रियाअघि बढाउन माग गर्न बारको टोली सभामुख सापकोटासमक्ष पुगेको बताए ।

जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले गत १ फागुनमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने फागुन २३ गते प्रतिनिधिसभा बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो ।

यद्यपि न त समितिले न संसदले सो महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रिया बढाएको छैन । महाअभियोग प्रस्ताव भएलगत्तै प्रधानन्यायधिस राणा ४ महिनादेखि निलम्बनमा रहेका छन् ।

निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ । १२ जना महिला सांसदले आज प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिन माग गरिएको छ ।संघीय संसदको प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।

यस्तै उनीहरुले प्रत्यक्षतर्फ दलहरुले जनसंख्याकै आधारमा ५० प्रतिशत महिला उम्मेदवार बनाउन अनिवार्य हुनेगरी निर्वाचन कानून संशोधन गर्न माग गरेका हुन् ।

ओलीले लिम्पियाधुरा, लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नु पर्यो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताएका छन् ।

डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् र राष्ट्रहित अनुकुल हुँदै यी साधान स्रोतको प्रयोग गर्नु पर्ने उहाँको भनाइ छ ।

यस्तै ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको जिकिर गरे । राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको उनले तर्क गरे ।

महंगीविरुद्ध एमालेको  प्रदर्शन
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले महंगी, भ्रष्टाचार र सरकारको कामको बिरोधमा प्रदर्शन गरेको छ । जनसरोकारका विषयमा राज्यलाई जवाफदेही बनाउनका लागि खबरदारी गर्न भन्दै एमालेले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

काठमाडौंको बसन्तपुर देखि सुरु भएको बिरोध प्रदर्शन सहितको र्याली शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र जनवर्गीय संगठनहरु लगाएतको सहभागीता रहेको थियो ।

आम नागरिक महंगीको चौतर्फी मारमा पर्दा पनि वर्तमान परमादेशी गठबन्धन सरकारले मूल्यवृद्धि नियन्त्रणमा कुनै पहल नगरेकाले सरकारलाई खवरदारी गर्न प्रदर्शन गरिएको र यो शुभारम्भ मात्र भएको एमालेका नेताहरुले जनाएका छन् ।

वर्तमान गठबन्धन सरकारका कारण भ्रष्टाचार र कमिशनतन्त्र मौलाएको र अर्थतन्त्र सङ्कटग्रस्त बन्दै गएको आरोप उनीहरुले लगाएका छन् । एमाले नेता लालबाबु पण्डितले महंगी, भ्रष्टाचार र सरकारका गलत कामको बिरोध संसदका साथै सडकबाट पनि संयुक्त रुपमा गरिने जिकिर गरे ।

त्यस्तै एमाले नेता शेर बहादुर तामाङले सरकारलाई संसदबाटै सच्चाउन कोसिस गरेपनि सरकारले नसुनेका कारण सडकबाट पनि ध्यानाकर्षण गराउन खोजिएको बताए ।

यस्तै महासचिव शङ्कर पोखरेलले जनसरोकारका सवालमा आफ्नो पार्टीले अगुवाइ गर्ने बताए । जनप्रदर्शन कार्यक्रमलाई समापन गर्दै महासचिव पोखरेलले जनताको सवाललाई उठाउने जिम्मेवारी एमालेको काँधमा आएको र अब महँगी, भ्रष्टाचार र राष्ट्रिय हितविरुद्ध जनता सडकमा आउनुपर्ने उल्लेख गरेका हुन् ।

एमालेले असन्तुलित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक संसदीय प्रक्रिया मिचेर संसदबाट पारित गरेको आरोप पनि लगाएको छ । काठमाडौंबाट सुरु भएको सडक प्रदर्शनलाई देशव्यापी बनाउने एमाले नेताहरुले जनाएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रर्दशन
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थीत संसद भवन अगाडी प्रदर्शन गर्ने युवाहरुको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडी प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनमा सहभागी युवाहरुले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन समिति एकपक्षिय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरु संसद भवनको १ नंवर गेट अगाडी पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिए

काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।

प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो । उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका आज विहान घरमै मृत फेला परेका थिए ।

मृतक दिनेशले पहिला श्रीमतीको हत्या गरेर छोराछोरीलाई चक्कु प्रहार गरेपछि अन्तमा आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थबाट प्रहरीलेसुसाइट नोट फेला पारेको छ ।

विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा दक्ष सीप हासिल नगरि जादा बैदेशिक रोजगारका क्रममा दुख पाउने क्रम बढेको भन्दै सीप भएका जनशक्तिलाई मात्र पठाउनुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवरले बताएका हुन् ।

त्यस्तै उनले कतारमा प्रहरी भर्नाको मागका बारेमा सरकारलाई कुनै जानकारी नभएको जिकिर गरे । श्रम बजार खुल्ला गरेपछि यस क्षेत्रलाई पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाई छ ।

मन्त्री कुँवरले नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उहाँले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गरे । बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले कोरोना भाइरसको समयमा वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटे पनि अहिले फेरि पहिलेको अवस्थामा नै आएको बताए ।

उनले आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार बैदेशिक रोजगारीमा गएकोमा २०७८/७९ मा त्यो सङ्ख्या बढेर छ लाख २१ हजारमा पुगेको जानकारी दिए ।समिति सभापति विमल श्रीवास्तवले नेपालका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राखे ।

यस्तै उनले नेपाली उद्योगमा विदेशी कामदारको लागत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिए । समितिले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण पठाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ८५ पिसिआर परिक्षणका क्रममा ६ सय ३२ जना र २ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ६४ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सर्लाहीको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा शव फेला

सर्लाहीको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको शव आज विहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको फेला परेको हो ।

धारिलो हतियारले घाँटी रेटिएको र छिनोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतबाट पुन पेट्रोलियम पदार्थको मुल्य १२ रुपैयाँ ४५ पैसा घटेर आयो
भारतबाट पुन पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।

अघिल्लो पटकको आइओसीले पठाएको नयाँ मुल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा
मुल्य घटेर आए पनि आयल निगमले भने मुल्य यथावत राखेको थियो ।

नयाँ मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । यद्यपि डिजलमा भने प्रतिलिटर करिब १० रुपैयाँ नोक्सानी रहने निगम स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ५७ बजे

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत