फिफा विश्वकप २०२६ को छनोट खेल नेपाल प्लेअफबाटै खेल्नुपर्ने « Khabarhub

फिफा विश्वकप २०२६ को छनोट खेल नेपाल प्लेअफबाटै खेल्नुपर्ने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप र एसियन कपका लागि छनोटको नयाँ ढाँचा सार्वजनिक भएको छ । उक्त ढाँचाअनुसार विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ । एएफसीको कार्यकारी समितिले नयाँ ढाँचालाई अनुमोदन गरेपछि एएफसीले ढाँचा सार्वजनिक गरेको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ । जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् । यस्तै एसियाको एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ ।

नयाँ ढाँचा अनुसार विश्वकप पुग्नका लागि चार चरणको छनोट हुनेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्नेछन् । यो छनोट चरणमा नेपाल रहनेछ । पछिल्लो वरीयतामा नेपाल एसियाको वरीयताको ३६औं स्थानमा रहेको छ । नेपालले कतार विश्वकप २०२२ का लागि दोस्रो चरणबाट छनोट खेलेको थियो । प्लेअफ चरण नेपालले उच्च वरीयता रहेका कारण खेल्नुपरेको थिएन ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : ०३ बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्