नवौँ राष्ट्रिय खेलकुद : बैतडीबाट १५६ खेलाडी छनौट « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : बैतडीबाट १५६ खेलाडी छनौट


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनौट भएका छन् । छनौट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १० देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशका लागि खेलाडी छनौट भएका हुन् । क्रिकेट(महिला-पुरुष), तेक्वान्दो(महिला-पुरुष), टेबल टेनिस (महिला-पुरुष), बुद्धिचाल, भारत्तोलन (पुरुष), कराते, तेक्वान्दो (महिला-पुरुष), भलिबल (महिला-पुरुष), कबड्डी(महिला-पुरुष), एथ्लेटिक्स (महिला-पुरुष), फुटबल, बक्सिङ (पुरुष)लगायतका खेलका खेलाडी छनौट भएका हुन् ।

छनौट प्रतियोगितामा सहभागी हुन खेलाडीका लागि आवेदन आह्वान गरिएको थियो । छनौट प्रतियोगितामा तीन सय २९ खेलाडी सहभागी रहेको जोशीले बताए।

पुरुष क्रिकेट धनगढीमा सुरु
प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि धनगढीमा सुरु भइसकेको छ भने अन्य प्रदेशस्तरीय छनौट प्रतियोगिता केही दिनमा सञ्चालन हुने बताइएको छ। प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानिने छन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : १४ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप