गोर्बाचेभको अन्त्येष्टि शनिबार गरिने « Khabarhub

गोर्बाचेभको अन्त्येष्टि शनिबार गरिने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिवार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् ।

गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा राखिएको थियो ।

गोर्बाचेभको शवलाई मस्कोको केन्द्रीय नोभोडेभिची कब्रिस्तानमा गाडिने गोर्बाचेभ फाउन्डेसनका प्रेस सचिव भ्लादिमिर पोल्याकोभलाई उद्धृत गर्दै तास समाचार समाचार संस्थाले जनाएको छ ।

१६औँ शताब्दीमा स्थापना भएको उक्त चिहानमा दर्जनौं उच्च पदस्थ राजनीतिज्ञ, कवि, राजपरिवार र बुद्धिजीवीहरूलाई गाडिएको छ । गोर्बाचेभका तत्कालीन राजनीतिक प्रतिस्प्रर्धी तथा रुसी प्रथम राष्ट्रपति बोरिस यल्सिनको शव गाडिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ५९ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप