फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेल आजियाटालाई « Khabarhub

फास्ट मोबाइल नेटवर्क अवार्ड एनसेल आजियाटालाई


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वको अग्रणी मोबाइल र ब्रोड ब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपाल को सबै भन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई उक्त सम्मान प्रदान गरिएको हो।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्क को उक्त अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोड मा १७.३१ एमबी पीएस र अपलोडमा ९.२६ एमबी पीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो। यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको जनाइएको छ ।

ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीड टेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीड टेस्टलाई तुलना गरेको थियो। ऊक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबै भन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनी पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश रहेका छन्।

अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डीचोङले भने, ‘पाललाई उच्च गतिको मोबाइल ब्रोड ब्यान्डका साथ यसले दिने लाभसँग आम उपभोक्तालाई जोड्ने हाम्रो निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा  हामी निकै हर्षित छौं। यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिरहेका छौं भन्ने प्रमाण हो। यस अवसरमा हाम्रा सबै सरोकारवालाहरूलाई उनीहरूले विश्वास र ग्राहकलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्‍याएको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छु।’

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधार मा निरन्तर लगानी गर्दै आएको छ। देशको ८५ प्रतिशत जनसङ्ख्यालाई उच्च गतिको मोबाइल ब्रोड ब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट सञ्चालनमा ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ।

‘ऊक्लाद्वारा प्रदान गरिने स्पीड टेस्ट अवार्डहरू विश्वका सबैभन्दा फास्ट र शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोड ब्याण्ड र मोबाइल सेवा प्रदायकलाई प्रदान गरिने विशिष्ट सम्मान हुन्। एनसेललाई नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा हामी खुसी छौं। यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो र यो अवार्ड उपभोक्ताहरू आफैले गरेका स्पीड टेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारितछ,’ ऊक्लाका प्रमुख कार्यकारी अधिकृत डगसटल्सले भने।

यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’अवार्डबाट सम्मानित भएको थियो। त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४ औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स्इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’बाट सम्मानित भएको थियो।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १२ : ३७ बजे

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका