दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. जबराको दोस्रो दिनको बयान सुरु
विगत ६ महिनादेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि बयान लिइरहेको छ । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आज पनि जारी रहेको हो ।  निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीय रुपमा आरोप लगाएको बयान दिएका छन् ।

२. नेपालमा शक्ति केन्द्रहरू सलबलाएको गुरुङको भनाई
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरू सलबलाएको बताएका छन्। नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरू सलबलाएको उनको भनाइ छ । लमजुङको मध्य नेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै गुरुङले मुलुक इष्ट इण्डिया कम्पनी र नेपालबीचको युद्धपछिकै ठुलो संकटमा रहेको बताए।

३. आयात प्रतिबन्ध लगाएको वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले आयात प्रतिबन्ध लगाएका वस्तुको एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले आयात नगर्ने भनेका ४ प्रकारका वस्तुको एलसी नखोल्न भनिएको हो । सरकारले गत वैशाख १३ गतेदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयअनुसार भदौ १४ गतेसम्म त्यस्ता वस्तुको आयात रोकिएको थियो । तर, सरकारले भदौ १४ गते नै अर्को निर्णय गर्दै आयात प्रतिबन्ध गरिएका १० प्रकारका मध्ये ६ प्रकारका वस्तुको आयात खुल्ला गर्ने र ४ प्रकारका वस्तुको प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको थियो ।

४. गिरिको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३ औँ पुण्य तिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिएका हुन्।

५. विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।  मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम परेको थियो । आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए।

६. पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित
पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । प्रत्याशी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न मतदानमा क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गरेका थिए।

७. गलकोटमा पहिरोले एक घर पुरियो
बागलुङको गलकोटमा पहिरोका कारण एक घर पुरिएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–११ रिघा गोथ्लाङमा घरमाथिदेखि झरेको पहिरोले स्थानीय धनबहादुर रानाको घर पुरिएको वडा अध्यक्ष डम्मर बहादुर श्रीसले जानकारी दिए। पहिरोले घर पुरिँदा रानाको परिवार विस्थापित भएका छन् । अहिले उनीहरू आफन्तकोमा आश्रय लिएर बसेको अध्यक्ष श्रीसले बताए।

८. सुदूरपश्चिममा गौरा पर्व सुरु
सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखी मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गर्दछन् । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ ।

९.चीनमा उइगर मुस्लिमविरुद्ध मानवताविरोधी अपराध 
संयुक्त राष्ट्र संघले चीनको शिन्जियाङ क्षेत्रमा उइगर मुस्लिमविरुद्ध गम्भीर मानवताविरुद्धको अपराध भएको हुन सक्ने जनाएको छ । एउटा प्रतिवेदनमा राष्ट्र संघले त्यहाँका शिविरहरुमा उइगर मुस्लिममाथि चरम यातना तथा महिलाहरूमाथि यौन दुर्व्यवहार गरिएको समाचारहरु तथ्यपरक भएको जनाएको हो । राष्ट्र संघले चीनलाई शिन्जियाङमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरेर अन्तर्राष्ट्रिय कानुनको पालना गर्न समेत आग्रह गरेको छ ।

१०. एसिया कप क्रिकेटमा बंगलादेश र श्रीलंका भिड्दै
युएईमा जारी एसिया कप क्रिकेटमा आज  एक खेल हुने भएको छ । आज हुने खेलमा समूह ’बी’ मा रहेका श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १ : २६ बजे

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र

प्रहरी प्रभाग लुटपाट गर्ने साउद पक्राउ

काठमाडौं– नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडौं– पहिलो संविधानसभाका चार सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत

विद्यार्थीका लागि नेपाल टेलिकमको ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक

काठमाडौं– नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा