ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग « Khabarhub

 ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न मधेस प्रदेश सरकारसँग माग गरेको छ । सरोकार समितिका संयोजक मनोज पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मधेस प्रदेश सरकारसँग आग्रह गरेका हुन् । 

संयोजक पौडेलले तीन वर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट विनियोजन गर्दै आए पनि हालसम्ममा अस्पताल सञ्चालन नहुँदा बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राको क्रममा दुर्घटना भई घाइते भएका यात्रुको उपचार पाउने अधिकारमा समेत ठेस पुर्‍याएको बताए । 

उनले चालु आर्थिक वर्षमा ट्रमा सेन्टर सञ्चालनका लागि बजेट समेत विनियोजन नहुनु दुःखद् भएको बताउँदै तत्काल आवश्यक प्रक्रिया पूरा गरि ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सरोकार समितिको तर्फबाट माग गरेका छन् । माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख  छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  २ : ३८ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ