सिजी पोलिटेक्निकल सीपले दियो सयौँलाई रोजगारी | Khabarhub Khabarhub

सिजी पोलिटेक्निकल सीपले दियो सयौँलाई रोजगारी


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- चौधरी ग्रुपको सीपमूलक तालिम सञ्चालनले स्थानीय युवाहरूको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ ।

पूर्वी नवलपरासीको देचवुली नगरपालिका–२ मा रहेको चौधरी उद्योग ग्राम परिसरमा २०६६ सालमा सुरु गरिएको सीप प्रशिक्षण तालिम सञ्चालन भएसँगै सिंगो नवलपुर र यसबाहेकका अन्य जिल्लाका युवायुवतीहरूले पनि तालिममा सहभागी भएर सीप आर्जन र सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइरहेका छन् ।

०६६ सालमा मेकानिकलबाट सुरु गरेको सीपमूलक तालिम २०६७ सालमा सिटिइभिटीसँग समन्वय गरी सिटिइभिटीकै मान्यताका अनुरुप सिजी पोलीटिेक्नकल सञ्चालन गरिएको हो । उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेक्ट्रोनिक, उद्योगमा सञ्चालन हुने विभिन्न हेभी मेसिन मर्मतलगायतका धेरै प्रकारका विशेष गरी उद्योगसँग सम्बन्धित सीप प्रशिक्षण प्रदान गर्दै आएको छ ।

सिजी पोलिटेक्निकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीपको विकास र स्वदेश तथा विदेशमा रहेका ठूला उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै हो । ‘हाम्रो मुख्य उद्देश्य भन्नु नै उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ पोलिटेक्निकल तालिमका प्रिन्सिपल शिवहरि ढकालले भने ।

उनका अनुसार चौधरी उद्योग ग्राममै सञ्चालित तालिममा सहभागी विद्यार्थीहरुलाई प्राविधिक विषयमा आवश्यक प्रयोगशाला, औजारहरु पर्याप्त मात्रामा उपलब्ध गराइएको बताउँछन् । ‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरुलाई आवश्यक सबै औजार र सीप विकासका लागि आवश्यक पर्ने शिक्षकदेखि प्रयोगात्मकका लागि आवश्यक पर्ने सबै विषय वस्तुहरू हामी नै दिन्छौ,’ ढकालले भने ।

१२ वर्षअघिदेखि सञ्चालन हुँदै आएको उक्त सीप विकास तालिममा सहभागी विद्यार्थीहरूका लागि ६ महिनासम्म सीप सिकाइन्छ । सिटीइभिटी र चौधरीको लोगो अन्तर्राष्ट्रियस्तरमा परिचित भएको हुँदा हरेक वर्ष प्रदान गरिने तालिममा विद्यार्थीहरूको संख्या बढ्ने गरेको ढकालले बताए ।

‘यहाँ तालिम लिन आउने विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै रोजगार पाउने गरेका छन् । चौधरी ग्रुपको लोगो र सिटीइभिटी मान्यता भएकै कारण तालिम लिन आउनेहरूले सहज महसुस गरेका छन्,’ ढकालले भने । उनका अनुसार आर्थिक वर्ष २०६६/०६७ देखि हालसम्म दुई हजार दुई सय ६३ जनाले तालिम लिइसकेका छन् ।

सिजी पोलिटेक्नीकलको तालिममा सहभागी हुने विद्यार्थीहरूले विशेषतः सीपमूलक तालिम नै सिक्ने गरेका छन् । जसमा क्षमता विकास, विकासात्मक, पूर्वाधार विकास, अनुसन्धान विकास, बजार विकास र व्यापार विकासलगायतका विषयमा तालिम प्रदान गर्ने गरेको पोलिटेक्निकल सीप प्रदान गर्ने टोलीले जनाएको छ ।

तालिम लिएपछि पन्ध्र सय युवायुवती स्वरोजगार

सिजी पोलिटेक्नीकलबाट सीप सिकेका दुई सय जना हाल सोही चौधरी उद्योगमा कार्यरत छन्। चौधरी ग्रुपकै सीपमूलक तालिम केन्द्रमा सीप लिएकाहरू अहिले दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा दुई सय, दुम्कीबासस्थित सिजी सिमेन्ट उद्योगमा र अन्य उद्योगमा सजिलै रोजगार गरी आफ्नो दैनिकी चलाउँदै आएका छन् । देवचुली नगरपालिका–२ का दिनेश पौडेलले २०७१ सालमा मेसिन सञ्चालनसम्बन्धी सीप सोही सिजी पोलिटेक्नीकलमा सिके सीप सिकेको करिब एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोही रोजगारबाट मासिक ३५ हजारसम्म आम्दानी गरेका छन् ।

‘२०७१ सालमा चौधरी उद्योगकै परिसरमा सीप सिके, सीप सिके पछि मेसिन चलाउन सकियो अहिले सोही सीपअनुसारको काम पाएको छु,’ सीप सिकेर स्वरोजगार बनेका दिनेश पौडेलले भने । उनी मात्र होइन, उनी जस्ता धेरै विद्यार्थीहरू सीप सिकेर देश र विदेशका विभिन्न प्रतिष्ठित उद्योगहरूमा रोजगार गरी आर्थिक आयआर्जन गर्दै आएका छन् ।

आगामी दिनमा युवायुवतीहरुका लागि अहिले आवश्यक पर्ने र बढी माग भएको सीपअन्तर्गत हाउसकिपिङ, मोबाइल, कम्प्युटर मर्मत, मोटर साइकल मर्मत, वेटरलगायतका तालिमहरू प्रदान गर्ने योजना छ । सिजी पोलिटेक्निकलले आयुर्वेद, योगालगायतका विषयमा पनि तालिम प्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ५ : ३२ बजे

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गएको छ : भारत

काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको

अमेरिकी आक्रमणमा सिरियामा कम्तीमा ३५ जिहादीको मृत्यु

वासिङ्टन । अमेरिकी वायुसेनाले यस हप्ता सिरियामा इस्लामिक स्टेट समूह

महिला फुटबल टिमका प्रशिक्षक तामाङले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

कैलाली – यहाँको टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो

फाइनल गुमाएपछि स्तब्ध नेपाल (तस्बिरहरू)

काठमाडौं । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को