‘चाडपर्वको खानपानले आफूलाई हानी गर्नु हुँदैन’ « Khabarhub

‘चाडपर्वको खानपानले आफूलाई हानी गर्नु हुँदैन’

‘योजना बनाएर पर्व मनाऔं’



दसैं सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। नेपालीको विशेष पर्व दसैंमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। पर्व त हो नि भनेर खानपानमा ख्याल नगर्दा त्यसले जीवनमा गम्भीर समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकले योजना बनाएर मात्र चाडपर्व मनाउन सुझाव दिएका छन्। दसैं र खानपानको विषयमा मुटु रोग विशेषज्ञ डा. रञ्जित शर्मासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित :

दसैँमा खाने चिल्लो मासु, मदिराले कस्तो असर गर्दछ ?
दसैँ भनेको नेपालीको महान् पर्व हो। त्यसमा खानपानको कुरा धेरै आउँछ। कसैलाई पहिला नै मुटु रोग छ भने दसैंको खानपानमा विशेष ख्याल गर्नुपर्छ। ४० वर्ष कटेपछि पनि शरीरमा धेरै रोगको मात्रा बढ्ने हुनाले धेरै खानु हुँदैन। बोसो नभएको नतारेको खानेकुरा मिलाएर खानु पर्दछ। जस्तो मासु, अण्डा फलफूलहरू एकै पटक नखानु राम्रो हुन्छ। बोसे आन्द्रामा कोलेस्ट्रोल हुन्छ। यसले स्वास्थ्यमा समस्या निम्त्याउने भएकाले यो खानु हुँदैन।

मुटुलाई स्वस्थ बनाउन मासु खानै पर्ने हो ?
हाम्रो शरीरलाई सन्तुलनमा राख्नको लागि हामीलाई प्रोटिन चाहिन्छ। मुटु रोग लाग्यो भने मासु नै नखाने भन्ने होइन। मिलाएर सबै खानाहरू सन्तुलित मात्रामा खानु पर्दछ।

रातो मासु भन्दा पनि कुखुराको मासु खानु पर्दछ भन्नुहुन्छ किन हो ?
रातो मासुमा धेरै कोलेस्ट्रोल हुन्छ। त्यसैले त्यो मुटुका लागि स्वास्थ्य मानिँदैन। सेतो मासु कुखुरा, माछा खानु मुटुका लागि राम्रो मानिन्छ।

मदिराहरूले मुटुलाई कस्तो असर गर्दछ ?
सन्तुलित मात्रामा खाँदा नराम्रो हुँदैन। अत्यधिक माछा मासु र मदिरा खाँदा मुटुभित्र रगत जम्न सक्छ र हृदयाघात हुनसक्छ। कहिले काँही सन्तुलन मिलाएर खाँदा हुन्छ।
धेरै चिल्लो मसलेदार खानाले मुटुमा कस्तो असर गर्दछ ?
आजको दिनमा मुटुलाई असर गर्ने भनेको चिल्लो र नुनको सेवन हो। चाडपर्व रमाइलो साथ मनाउनु पर्छ। त्यसैले सबै मिलाएर खाँदा रमाइलो पनि हुन्छ। त्यसले स्वास्थ्यलाई पनि फाइदा गर्छ।

दसैंलाई विशेष बनाउन खानामा के गर्नु पर्दछ ?
४० वर्ष भन्दा कम उमेर छ भने खानमा रोकटोक लगाउनु हुँदैन। तर, ४० वर्ष भन्दा माथि र मुटुको समस्या छ भने ठिक मात्रामा खाने गर्नुपर्छ। आजै मासु खाएको छ भने अण्डा किन खाने ? मिलाएर खानुपर्छ। आज मासु खाए भोेलि वा पर्सी मात्र अण्डा खानु राम्रो हुन्छ। चाडपर्व मनाउनु राम्रो हो। तर, योजनावद्ध ढंगले मनायो भने राम्रो हुन्छ।

लगातार बसेर धेरै खाँदा कस्तो असर गर्दछ ?
धेरै नै असर गर्दछ। किनभने शारीरिक व्यायम गर्नुपर्छ। एक दुई दिन व्यायम नगर्दा त खासै असर गर्दैन। तर, सधैभर व्यायाम नगर्नु घातक हुन्छ। अहिलेको खानपिनले सानै उमेरमा समस्या बढ्दै गएको पाइन्छ। जीवनशैलीका कारणले पहिला ४० वर्ष कटेपछि हृदयाघात हुन्थ्यो। तर, अहिले युवामा पनि समस्या देखिन थालेको छ। कसैलाई प्रेसर छ, सुगर भएर औषधि खाँदा पनि नियन्त्रण भएको छैन भने त्यसले नै पछि गएर हृदयाघात हुन सक्छ। त्यसैले हामीले डाक्टरको निगरानीमा बसेर आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्दछ। दसैं उत्सव हो, उत्सव मनाएर रमाइलो गर्नुपर्छ। तर, रमाइलो गर्दा स्वास्थ्यलाई ख्याल गर्न बिर्सनु हुँदैन। यत्ति भन्दै सबैलाई दसैंको शुभकामना भन्छु।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ०७ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त