महंगीको मारमा दसैं « Khabarhub

महंगीको मारमा दसैं


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैं। मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महंगीको मारमा परेको छ। अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन। सर्वसाधारणमा उल्लास देखिदैन। किनमेलमा पनि तडक भडक छैन।

यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ। “एक त सबै सामान महँगो भएको छ, अर्कोतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भने, “अघिल्लो वर्षको तुलनामा आधा व्यापार घटेको छ, अघिल्ला वर्षमा दुई कार्टुन खानेतेल किन्ने मान्छेले अहिले एक कार्टुन मात्रै किन्छन्, १० किलो चिउरा किन्नेले पाँच किलो मात्रै किन्छन्। यो सबै सबै सामान महँगिएको र पैसा नभएकै कारण हो”, व्यवसायी अर्यालले थपे।

बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको दसैं आर्थिक सङ्कटले झेलिएको छ। कोरोना भाइरस महामारीपछिको पहिलो दसैं उपभोक्तालाई निकै महँगो पर्नेभएको छ। बजारमा दैनिक उपभोग्य वस्तु महँगिदै जाँदा उपभोक्ता मुल्यवृद्धिको चपेटामा परेका छन्।

चाडपर्वमा अत्यधिक खपत हुने वस्तुको मूल्य वृद्धि भएको छ। दाल, चामल, तेल, लत्ताकपडा, खसीबोकाको मासु तथा च्याङ्गको मूल्य बढेकाले दसैँ महङ्गिएको छ। अधिकांश वस्तु आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमै बढेकाले नेपालमा पनि सोहीअनुसार मूल्य बढेको सदरमुकाम धादिङवेसीका पुराना व्यवसायी अशोककुमार श्रेष्ठले बताए।

सजिलै सामान आयात गर्न नसक्दा साना व्यापारीले पनि लगानी पुर्योउन सकिरहेका छैनन्। उपभोक्ताले पनि त्यो सामान किन्न सक्ने अवस्था छैन। यसले व्यापारीलाई भन्दा पनि बढी मार उपभोक्तालाई नै परेको छ।

दैनिक उपभोग्य खाद्यान्न तरकारीको मूल्य बढ्नेक्रम कायमै रहेको छ। आलु, गोलभेडा, काउलीलगायत तरकारीको मूल्य बढेको छ। “बच्चालाई नयाँ कपडा किनिदिनै पर्यो, पहिलाका दसैँमा जस्तो यसपाली खर्च गर्न सक्ने अवस्था र उत्साह छैन”, बालबच्चालाई कपडा किन्न लागेकी सीता तामाङले भनिन्।

चुलिँदै गरेको मूल्य वृद्धि रोक्न सरकारको ध्यान पुग्न ढिला भइसकेको धादिङ उद्योग वाणिज्य सङ्घका महासचिव तिलक सिंखडाले बताए।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ४८ बजे

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)