रुसको धम्कीबाट डराउदैनौँ : अमेरिका « Khabarhub

रुसको धम्कीबाट डराउदैनौँ : अमेरिका


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार ओगटेको क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो । पुटिनले नयाँ कब्जा गरिएका क्षेत्रहरूको रक्षा गर्न आणविक हतियारहरू प्रयोग गर्ने  धम्की दिएका थिए ।

उनले ती क्षेत्रहरू ‘सदाका लागि’ रूसको हिस्सा हुने घोषणा गरे। नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले विलयलाई “युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर खतरा “ भनेका छन् । एक भाषणमा, रूसी नेताले दावी गरे कि खेर्सन, जापोरिझ्झिया, लुहान्स्क र दोनेत्स्कका नागरिकहरूले ‘आफ्ना जनता, आफ्नो मातृभूमि’ सँग मतदान गरेका बताए ।

उनले हालैका दिनहरूमा विभिन्न क्षेत्रहरूमा आयोजित तथाकथित जनमत संग्रहलाई संकेत गरेका थिए । तर, युक्रेन र पश्चिमी सरकारहरूले मतदानलाई झुटो भनी निन्दा गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ११ : २० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १