सन्दीप २० गते नेपाल आइपुग्ने « Khabarhub

सन्दीप २० गते नेपाल आइपुग्ने


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सञ्जालमार्फत बताएका हुन ।

गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको होटलमा  बलात्कार गरेको सन्दीपमाथि आरोप छ । यससँगै जिल्ला अदालतले सन्दीपलाई पक्राउ पुर्जी गरेको छ  । सँगै क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न जमैका रहेका सन्दीप नेपालमा पक्राउ पुर्जी जारी भएसँगै त्यहाँबाट हिँडेका थिए । त्यसपछि सन्दीप क्यान  र नेपाल प्रहरी दुवैको सम्पर्क थिएनन् । यद्यपि, शनिबार बिहान सामाजिक सञ्जालमा नेपाल आउने बताएका हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ११ : ४९ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको