डेंगुबारे जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक र्‍याली « Khabarhub

डेंगुबारे जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक र्‍याली


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । 

ठाउँठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुन्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुट्टे, भुसुना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोकेका थिए । र्याली दुधपाटीबाट, नासमना, तौमढी, स्कूलढोका , दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेर सभामा परिणत भएको थियो । सभामा डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीहरूमा अनुरोध गरियो ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अगुवाइमा आयोजना भएको र्याली पश्चातको सभामा नगर प्रमुख प्रजापतिले दशैँको मुखमा डेंगु रोग सङ्क्रामक रुपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले डेंगु रोगबाट बच्न नगरवासीलाई सुरक्षित व्यवहारका लागि आग्रह गरे । उनले डेंगु मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिन आग्रह गरे । दसै पर्वमा सबैले आनन्दित हुन गरिने गतिविधिले स्वास्थ्यमा असर नपरोस्, दुर्घटना नहोस, कोही अपांग नहोस भन्दै नगर प्रमुख प्रजापतिले सभ्य नगरवासीको भूमिकामा रहन नगरवासीमा आग्रह गरे । कार्यक्रममा ख्वप अस्पतालका डाक्टर अमर प्रजापतिले डेंगु रोगलाई सामान्य रोगको रुपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गरे । 

डेङ्गुका सामान्य रुपमा मात्र लिँदा धेरैको ज्यान गइसकेकाले लक्षण देखिने बितीकै सचेत रहन आग्रह गर्दै संक्रमितलाई टोकेको लामखुटेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाई समेत संक्रमण फैलिनसक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रुपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्न आग्रह गरियो ।

यसैगरी ख्वप अस्पतालका डाक्टर रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा मात्रै ५३० जनामा डेंगु संक्रमण पुष्टि भइसक्दा जिल्लाभर २०औं हजारमा संक्रमण फैलिसकेको हुनसक्ने भएकाले थप सचेतनाको आवश्यकतामा जोड दिए ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १ : १३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि