जलवायु परिवर्तनसँगै डेङ्गुका बिरामी बढे « Khabarhub

जलवायु परिवर्तनसँगै डेङ्गुका बिरामी बढे


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली– जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेङ्गुका बिरामी फेला परेका छन् । प्रायः तराई र भित्री मधेसका जिल्लामा हुने डेङ्गु सङ्क्रमण जलवायुमा आएको फेरबदलका कारण हिमाली भेगमा पनि फैलिएको हो ।  

सुर्खेतस्थित प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष हालसम्म यहाँका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पामा डेङ्गुका ४० बिरामी फेला परेका छन् । डेङ्गु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुने गर्दछ । निर्देशनालयका डेङ्गु नियन्त्रण स्रोत व्यक्ति एवं भेक्टर कन्ट्रोल अफिसर श्यामलाल आचार्यले लामखुट्टेको जीवनचक्रका लागि हिमाली भेग पनि अनुकूल बन्दै गएको बताए । ‘कतिपय फेला परेका बिरामी तराईबाटै सङ्क्रमित भएर गएका छन् भने कतिपय त्यही लामखुट्टेको टोकाइबाट सङ्क्रमित भएको पाइएको छ’, उनले भने, ‘दुई वर्षअघि नै मुगुको खत्याडमा लामखुट्टेका लार्भा भेटिनुका साथै डेङ्गुका बिरामीको पहिचान भएको थियो, हिमाली भेगमा लामखुट्टेको जीवनचक्र अनुकूल हुँदै गएपछि यसको सङ्क्रमण पनि बढ्दै गएको हो ।’ हिमाली भेगमा खोला नदी किनारका बस्तीमा सङ्क्रमण देखापरेको छ ।

निर्देशनालयका अनुसार यसपटक हुम्लामा एक, डोल्पामा नौ, मुगुमा आठ र जुम्लामा २२ बिरामी फेला परेका छन् । प्रदेश अस्पतालका वरिष्ठ फिजिसियन डा केएन पौडेलले हिमाली भेगमा डेङ्गु सङ्क्रमण हुनुमा जलवायुमा आएको परिवर्तन मुख्य कारण रहेको औँल्याए । उनले भने, ‘जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका बासिन्दाको जनस्वास्थ्यमा असर परेको छ, डेङ्गु र मलेरियाजस्ता रोग पनि देखापरेका छन् ।’ डेङ्गुका बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपरेको उनको भनाइ थियो ।  

एक जिल्लाबाट अर्को जिल्लामा जाने मानव चालका कारण पनि लामखुट्टे तराईबाट पहाड–हिमालतर्फ उक्लेको बताइएको छ । स्रोतव्यक्ति आचार्यले असोज मसान्तसम्म डेङ्गु सार्ने लामखुट्टे सक्रिय रहने समय भएकाले सजगता अपनाउन अनुरोध गरे। निर्देशनालयले डेङ्गु रोकथामका लागि विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्ने, लामखुट्टेको लार्भा नष्ट गर्ने, डेङ्गु कीट खरिद गरी स्वास्थ्य संस्थामा वितरण गर्नेजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ । कर्णाली प्रदेशमा हाल डेङ्गुका चार सय ४१ बिरामी छन् । तीमध्ये सबैभन्दा बढी सुर्खेतमा छन् । यहाँ चार सय २२ मा यसपटक डेङ्गु सङ्क्रमण भएको थियो । गत आवमा कर्णालीमा प्रदेश बाहिरका १४ सहित सात सय ९६ जनामा डेङ्गु सङ्क्रमण भएको थियो ।


प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १ : ३४ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा