स्थानीय भन्छन्-‘यसपटक तेक्वान्दो स्वर्ण विजेता खड्कालाई भोट हाल्छौँ’ | Khabarhub Khabarhub

स्थानीय भन्छन्-‘यसपटक तेक्वान्दो स्वर्ण विजेता खड्कालाई भोट हाल्छौँ’


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ क्षेत्र नं.(ख) का प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार अशोक खड्काले आफ्नो क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन् । शनिबारदेखि काठमाडौँ क्षेत्र नं.(ख) को मूलपानीबाट घरदैलो अभियान सुरु गरिएको हो । पहिलो दिनको घरदैलो अभियानका क्रममा धेरैजसो स्थानीयले यसपटक स्वतन्त्र उम्मेदवारलाई भोट हाल्ने प्रतिक्रिया दिएका छन् । वर्षौँदेखि पार्टीका नेता तथा उम्मेदवारलाई जिताउँदा आफूहरूले कुनै पनि उपलब्धि नपाएको भन्दै घर घरमा बेरोजगारी समस्या हटाउन पनि यसपटक स्वतन्त्र उम्मेदवारलाई जिताउने बताएका हुन् ।

मूलपानी पिपलबोटकी स्थानीय महिलाले विगतमा थुप्रैपटक पार्टीका उम्मेदवारलाई जिताउँदा आफूले उल्टै अपमान भोग्नुपरेको बताइन् । विगतमा विभिन्न पार्टीमा आबद्ध भएपनि चुनाव जितेपछि नेताहरूले कार्यकर्तालाई पनि बेवास्ता गर्ने गरेको भन्दै यसपटक स्वतन्त्र उम्मेदवारलाई भोट हाल्ने उनले बताइन् । ‘हामीले विगतमा पार्टीहरूलाई भोट हाल्यौँ । सबै पार्टीलाई हेर्‍यौं । तर चुनाव जितेपछि नेताहरूले कुनै काम गरेनन्’ ती स्थानीय महिलाले भनिन्, ‘अब नेताहरूलाई भन्दा स्वतन्त्र उम्मेदवारलाई भोट हाल्छौँ ।’

स्वतन्त्र उम्मेदवारका रुपमा खड्का घरदैलो अभियानमा पुग्दा धेरै स्थानीयले चिया पकाएर खुवाएका थिए । यसपटक पार्टीका नेताहरूलाई घरमा आउनै नदिने भन्दै स्वतन्त्र उम्मेद्वार भोट माग्न आउँदा पनि चुनावमा आश जागेको उनले बताइन् । हामीले सुन्दै, हेर्दै, देख्दै आएको अशोक गुरुलाई यसपटक हामी भोट हाल्छौँ’ उनले भनिन्, ‘घर घरमा छोराहरू बेरोजगार छन् । विगतमा चुनाव जिताएका नेताहरूले केही पनि गरेनन् । यसपटक स्वतन्त्र उम्मेदवारलाई भोट हालेर जिताउँछौँ ।’

यस्तै अर्का एक स्थानीयले पनि नेताहरूले गर्दा देश बन्धकी बन्ने डर बढ्नुका साथै विदेशीको रजाई चल्ने समस्या बढेकाले अब देशको अस्मिता जोगाउन पनि स्वतन्त्र उम्मेद्वार जिताउनुपर्ने बताए । यस्तै अर्का एक वृद्ध स्थानीयले पनि अब युवाहरूको पालो भएकाले युवाहरू स्वतन्त्र भएर आउनुपर्नेमा जोड दिए । ‘अब युवाहरूले देश चलाउने हो । युवाहरू उम्मेद्वार भएर आउनुपर्छ’ उनले भने, ‘यसपटक स्वतन्त्र उम्मेद्वार अशोक खड्कालाई नै भोट हाल्छौँ ।’तेक्वान्दो खेलका स्वर्णपदक विजेता खेलाडी र विश्वकै उत्कृष्ट रेफ्रीसमेत रहेका खड्कालाई स्थानीय मतदाताले रुचाएका छन् । अब बूढा नेताहरूलाई बिदाई गरेर युवामा खड्कालाई जिताउने पनि स्थानीयको भनाई छ ।

काठमाडौँ क्षेत्र नं.२ मा तेक्वान्दो सिकाउने प्रशिक्षक भएका कारण खड्कालाई ‘अशोक गुरु’ भनेर समेत बोलाउँछन् । स्थानीयले ७० प्रतिशत युवा भएको देशमा ३० प्रतिशत बुढाहरुलाई जिताएर विकास नहुने भन्दै अब स्वतन्त्र उम्मेदवारलाई जिताउने बताइरहेका छन् । खड्कालाई स्थानीय बुद्धिजीवी, बौद्धिक व्यक्तित्व, शिक्षक, डाक्टर लगायत सबैले रुचाएका छन् । पहिलो दिनको घरदैलो अभियान कार्यक्रम सकेपछि स्वतन्त्र उम्मेद्वार खड्काले स्थानीय जनताका समस्या र गुनासो सुनेर त्यो सम्बोधन तथा समाधानका लागि आफूले प्रयास गर्ने बताए ।

‘स्थानीयका समस्या धेरै छन्, त्यो भन्दा ठूलो समस्या विगतमा चुनाव जितेका नेताहरू फेरि घरदैलोमा नआउँदा समस्या रहेछ’ स्वतन्त्र उम्मेद्वार खड्काले पहिलो दिनको घरदैलो अभियान कार्यक्रम सकेर भने, ‘सबैका समस्या सुनेर उनीहरूको माग सम्बोधन गर्नका लागि स्वतन्त्र उम्मेद्वारी दिएर चुनावी मैदानमा आएको छु । आशा छ, सबैको साथ सहयोगले चुनाव जित्ने विश्वास राखेको छु ।’

खड्काले असोज १ गते प्रदेशसभातर्फ काठमाडौँ क्षेत्र नं.(ख) मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । उनलाई खेल क्षेत्रका सरोकारवाला, स्थानीय बौद्धिक व्यक्तित्व लगायत धेरैको ठूलो समर्थन छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  २ : २२ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै