रुसी क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा ३० जनाको मृत्यु « Khabarhub

रुसी क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा ३० जनाको मृत्यु


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको जापोरिज्जिया शहरमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्रमा अरु ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जापोरिज्जियाका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले सामाजिक सञ्जाल टेलिग्राममा भनेका छन्, ‘दुश्मनले जापोरिज्जियाबाट बाहिरिने बाटोमा सर्वसाधारण चढेको सवारी लस्करमा रकेट आक्रमण गरेका छन् ।’

युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सीएनएनले उक्त आक्रमणमा मारिनेमा ११ वर्षीया बालिका १४ वर्षीय बालक समेत रहेको जनाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जियालाई रुसमा विलयको घोषणा गर्दै सो निर्णय लाखौं मानिसहरूको इच्छा रहेको बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार पुटिनले चारवटा क्षेत्रका बासिन्दाहरू अब रुसका वास्तविक नागरिक हुने बताएका छन् । राष्ट्रपतिले अब नयाँ क्षेत्रको रक्षा गर्ने दायित्व रुसको रहेको बताएका छन् ।

उनले जनमत सङ्ग्रहको नतिजालाई ‘लाखौं जनताको इच्छा’ पनि भनेका छन् । गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथि आक्रमणलाई जारी राखेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ६ : ०३ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट