लमजुङमा चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च वितरण | Khabarhub Khabarhub

लमजुङमा चेपाङ समुदायका विपन्न परिवारलाई देशैँ खर्च वितरण


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङको दोर्दी गाउँपालिका ९ भीरकुनामा रहेका लोपोन्मुख चेपाङ समुदायलाई दोर्दी गाउँपालिकाले दशैँ मनाउनका लागि राहत वितरण गरेको छ ।

दशैँ मनाउनका लागि सहजताको लागी पालिकाले पालिकाभित्र रहेकोे तीन घरपरिवारलाई १६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

पालिकाले प्रति सदस्य जनही समान एक हजारका दरले आर्थिक सहयोग गरेको छ । आठ जना सदस्य रहेको जुनामाया चेपाङलाई आठ हजार, चार जना परिवार सदस्य रहेको फुलमाया चेपाङलाई चार हजार र तीन जना परिवार सदस्य रहेको कान्छिमायाँ चेपाङलाई भने एक हजार थपसहित चार हजार रुपैयाँ आर्थिक सहयोग सहयोग गरेको गाउपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।

रकम हस्तान्तरण गर्दे गाउँपालिका अध्यक्ष युवराज अधिकारीले सीमान्तकृत चेपाङ समुदाय आर्थिक अवस्था कमजोर भएकाले दशैँ मनाउन समस्या भएको र केही सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको बताए ।

दशैँ शुरु भएको चार दिन हुँदा समेत दशैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने जुनुमायाँ चेपाङले बताइन् । आम्दानीको श्रोत बलियो नभएको कारण चाडपर्व मनाउन मुस्किल हुँदै आएको बेलामा पालिकाले सहयोग गर्दा स्थानीय सरकार रहेको अनुभूति भएको कान्छिमाया चेपाङको भनाई छ ।

वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई केही वर्षअघि गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि आर्थिक अभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुस्किनले जीवन निर्वाह गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ०५ बजे

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

सियोल – दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना

भूमिसम्बन्धी नीति ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको

अभ्यास खेलमा नेपालको लगातार तेस्रो जित

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिज अघिको अभ्यास

बागमती प्रदेश सभा : विनियोजन विधेयक माथिको छलफल सकियो

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्घान्त