उपचारका क्रममा रहेका दुई कैदीबन्दी फरार « Khabarhub

उपचारका क्रममा रहेका दुई कैदीबन्दी फरार


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्षयरोगको उपचारमा रहेका दुई कैदीबन्दी आज फरार भएका छन् । नेपाल क्षयरोग निवारण संस्था विराटनगरमा–७ मा उपचारका क्रममा रहेका झापाको सरणामतीका २८ वर्षीय राजकुमार हेमरम र सोही जिल्ला बिर्तामोडका २८ वर्षीय मन्जिल गुरुङ फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उपचार गरिरहेकै बेला दुवै जना फरार भएका हुन् । हेमरम जबर्जस्ती करणी मुद्दाअन्तर्गत १६ वर्ष कैद सजाय पाएका कैदी हुन् भने गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका कैदीबन्दी हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार कैदीबन्दीलाई सीमानाकासहित अन्य स्थानमा खोज गरिरहेको श्रेष्ठले बताए । कैदीको सुरक्षामा खटिएका दुई प्रहरीमाथि आवश्यक सोधपुछ एवं छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ५५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित