पाकिस्तानमा डेङ्गुको प्रकोप, ३० हजारभन्दा बढी सङ्क्रमित | Khabarhub Khabarhub

पाकिस्तानमा डेङ्गुको प्रकोप, ३० हजारभन्दा बढी सङ्क्रमित


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा डेङ्गुको प्रकोप दिन प्रतिदिन फैलिएको छ ।पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा १०४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । योसँगै पाकिस्तानमा डेङ्गुबाट यस बर्ष मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या तीस हजार २६७ पुगेको छ ।

इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय ९डिएचओ०ले शनिबार दिएको जानकारी अनुसार कुल सङ्क्रमित मध्ये दुई हजार ४३५ जना राजधानी इस्लामावादका हुन् ।

डेङ्गुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ । ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो ।

पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला डेङ्गुको प्रकोप पनि फैलिएको हो ।

बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेङ्गुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । सिन्ध प्रान्तमा डेङ्गुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण लाखौँ मानिस विस्थापित भएको, घरबार विहीन भएको र फोहोर भएकाले लामखुट्टेबाट जोगिन नसकेकाले पनि डेङ्गुबाट धेरै जना सङ्क्रमित हुनु परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ०२ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार