हातहतियार बुझाउन सिडिओको निर्देशन « Khabarhub

हातहतियार बुझाउन सिडिओको निर्देशन


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले जरुरी सूचना जारी गरी यस्तो निर्देशन जारी गरेको हो ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भक्तपुर जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु उक्त निर्वाचन पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ ।

असोज मसान्ससम्म नजिकको प्रहरी इकाइमा वुझाउन निर्देशन जारी गरेको गरिएको हो । अटेर गरी समयमा नबुझाउनेलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

भक्तपुरमा क्षेत्र नं १ र २ गरी दुई वटा प्रतिनिधि सभा सदस्य निर्वाचन र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १० : ०९ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा