विषादीको बढ्दो प्रयोगले बालबालिकामा क्यान्सर | Khabarhub Khabarhub

विषादीको बढ्दो प्रयोगले बालबालिकामा क्यान्सर

‘बच्चामै हुने क्यान्सरबारे जनचेतना फैलाउन आवश्यक छ’


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा क्यान्सर भनेको उमेर पुगेपछि लाग्ने रोग भनेर बुझिन्थ्यो। तर, पछिल्लो समय साना बालबालिकामा पनि क्यान्सर धेरै देखिन थालेको छ। कतिपय बालबालिकाहरूलाई त उपचारको पहुँच भन्दा बाहिर राख्नु पर्ने बाध्यात्मक अवस्था छ। नेपालमा क्यान्सर रोग बढ्दै गइरहेकोले पछिल्लो समय चिकित्सकले पनि उपचारको स्थिति पहिलाको भन्दा भयावह बन्दै गएको बताएका छन् । यसै विषयमा आधारित रहेर बाल रोग विशेषज्ञ डा. सुधीर सापकोटासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय बालबालिकामा कस्तो कस्तो क्यान्सर धेरै देखिएको ?
अहिले मानिसमा क्यान्सर बच्चामा पनि हुन्छ भन्ने जनचेतना बढ्दै गएकाले समयमा नै रोगको पहिचान हुने गरेको छ । नेपालमा ५० प्रतिशतको हाराहारीमा ब्लड क्यान्सर बालबालिकामा हुने गरेको छ । त्यसपछि आँखाको र मिर्गौलाको क्यान्सर हुने गरेको छ।

बालबालिकामा रगतको क्यान्सर धेरै किन भएको हो त ?
यही कारणले भयो भन्ने छैन । सम्भव त बच्चा भ्रुण अवस्थामा नै रहँदा बाहिरी वातावरणको प्रदूषण, आमाको खानपिनको कारणले वा वंशाणुगत कारणले पनि हुन्छ । यही कारण भनेर भन्न सकिँदैन ।

कान्ति बाल अस्पतालमा बिरामीहरू सबै भन्दा धेरै कस्तो क्यान्सर लिएर आउने गरेका छन्?
वार्षिक रूपमा २०० जनाको हाराहारीमा क्यान्सरको बिरामीहरू आउनु भएको छ । सबै भन्दा बढी ब्लड क्यान्सर रहेको छ । त्योबाहेक मिर्गौलाको क्यान्सर, आँखाको क्यान्सर, कलेजो, हड्डी र मांसपेशीको क्यान्सरका बिरामी रहेका छन् ।

ब्लड क्यान्सरपछि मिर्गौलाको क्यान्सर के कारणले हुन्छ ?
बच्चाहरूको जुनै क्यान्सरमा पनि १० देखि ५ प्रतिशत वंशाणुगत कारण हुन्छ । अरू यही कारण भनेर भन्न सकिँदैन ।

बालबालिका क्यान्सर भएको भनेर अस्पताल जानु अगाडि कसरी थाहा पउने ?
क्यान्सरका केही लक्षणहरु हुन्छन्। हालसम्म हामीले देख्न लक्षणमध्ये लामो समयसम्म ज्वरो आउँने, बच्चाको शरीर सुनिने, शरीरमा निलो डाम देखिने, रगतको कमी हुने जस्ता लक्षण देखिए जाँच गर्नुपर्छ। समयमै क्यान्सर पत्ता लागे यसको उपचार सहज हुन्छ।

कान्ति बाल अस्पतालमा क्यान्सर भएर उपचार गर्न कुन स्टेजमा आउनु भएको छ ?
काठमाडौं वरिपरिका मानिस पहिलो स्टेजमा नै आउनु भएको छ। तर, बाहिरबाट आउनेहरू बाहिर धेरै चिकित्सकलाई देखाएर ढिलो अस्पताल आउनु भएको छ।

क्यान्सरको उपचार अवधि कति हुन्छ ?
पहिला रोग पहिचान गर्नु पर्दछ। हामीले किमोथेरापी दिन्छौँ। यो इन्जेक्सनबाट पनि दिइन्छ। फैलिइसकेको अवस्थामा छ भने रेडियो थेरापीको आवश्यकता पर्दछ। ब्लड क्यान्सरको उपचारमा दुईदेखि तीन वर्षसम्म लाग्नसक्छ। सुरुको ६ महिना अस्पतालको नजिकमा नै बसेर उपचार गर्नु पर्दछ। कतिपय क्यान्सर ६ महिनादेखि एक वर्षको अवधिमा उपचार भएको छ। तर, नियमित रूपमा फ्लोअपमा बस्नु पर्दछ।

नेपालका सबै क्यान्सर पीडित बालबालिका उपचारको पहुँचमा छन् कि के छ अवस्था ?
नेपालको जनसंख्यालाई आधार मान्दा १५ सय देखि दुई हजार जना क्यान्सरका बिरामीहरू पत्ता लाग्नु पर्ने हो। तर, अन्य अस्पतालमा भएका बच्चालाई हेर्दा जम्मा एक तिहाई मात्र उपचारको पहुँचमा पाएका छौँ। त्यसैले बच्चामा पनि क्यान्सर हुन सक्छ है भनेर जनचेतना फैलाउन सक्नु पर्दछ। बच्चामा पहिलो स्टेजमा उपचार भयो भने राम्रोसँग र पूर्ण रूपमा उपचार हुन्छ। समयमा उपचार भए फेरि बल्झिने सम्भावना कम हुन्छ।

सरकारले दिएको सुविधाले नपुगेर हो बालबालिका उपचारको पहुँचमा नपुगेको ?
सरकारले दिएको सुविधाले मात्र क्यान्सरको उपचार गर्न पुग्दैन। उपचारका लागि बाहिरबाट आएर अस्पतालको नजिकै बस्नुपर्छ। जसले गर्दा खर्च धेरै लाग्छ। क्यान्सर रोग लागि हाल्यो अब यो उपचार गरे पनि निको हुँदैन भन्ने धारणले पनि बालबालिका उपचारबाट बञ्चित भएका छन्।

पहुँचमा नपुगेका बालबालिकालाई सरकारी पक्ष र सबै निकायले के गर्दा उपचारको पहुँचमा पुर्याउन सकिन्छ ?
सात वटै प्रदेशमा सरकारले बाल अस्पताल बनाउन सक्नुपर्छ। यस्ता अस्पतालमा तालिम प्राप्त नर्स खटाउनुन सक्नुपर्छ। क्यान्सर रोग समयमा उपचार गर्योभने निको हुन्छ भनेर जनचेतना फैलाउनु पहिलो काम हो।

अभिभावकले ध्यान दिनु पर्ने कुराहरू के के छन् ?
बच्चालाई लामो समयसम्म ज्वरो आयो भने समयमा नै अस्पताल जानुपर्छ। चिकित्सकको उचित परामर्श लिनु आवश्यक छ। बच्चा पेटमा हुँदा आमाले धुम्रपान मद्यपान नगरेमा पनि स्वास्थ्य बच्चालाई जन्म दिन सकिन्छ। को सेवन गर्नु हुँदैन।

एक पटक क्यान्सर भएर उपचार भएको बच्चामा पछाडि कुनै जोखिम नहोस् भन्न के के कुरामा ध्यान दिने ?
क्यान्सरको नियमित उपचारको पाँच वर्षपछि हामी निको भयो भन्छौँ। बच्चाले पाँच वर्षसम्म नियमित रूपमा चिकित्सकको सुझाव अनुसार फलोअपमा बसेको छ भने रोग बल्झिँदैन। एक पटक क्यान्सर भएको बच्चाले साधारण जीवन बिताउन सक्छ।

बालबालिकामा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
बालबालिकालाई क्यान्सर नहोस् भनेर वातावरणीय प्रदूषण, रासायनिक मलको प्रयोगलाई कम गर्न सक्नुपर्छ। लक्षण देखिने बित्तिकै उपचारमा गइहाल्नु राम्रो हुन्छ।

बाल रोग विशेषज्ञ भएको नाताले क्यान्सरबाट बालबालिका जोगाउन के सुझाव दिनुहुन्छ ?
हामी सबैले बालबालिकामा पनि क्यान्सर हुनसक्छ भनेर बुझ्नुपर्छ। यो एउटा निको हुने रोग हो भन्ने कुरा सम्झनुपर्छ। समयमा उपचार भयो भने यो निको हुन्छ। नेपालको परिवेशमा ७० देखि ७५ प्रतिशत बालबालिकामा यो रोग निको भएको छ। उपचार पश्चात् बालबालिकाले साधारण जीवन बिताउन सक्छन् र परिवारलाई सहयोग गर्न सक्छन्।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : २१ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ