तनहुँमा वडा तहसम्म मतदाता शिक्षा « Khabarhub

तनहुँमा वडा तहसम्म मतदाता शिक्षा


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ। कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ। कात्तिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ।

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविका खटाइनेछ। स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन्। उनीहरुले मङ्सिर ४ गते पहिलो पटक मतदान गर्दैछन्।

मतदातालाई मतदानका लागि तयारी अवस्थामा राख्न निर्वाचन व्यवस्थापन गर्ने निकायद्वारा सञ्चालन गरिने शिक्षालाई मतदाता शिक्षा भनिन्छ। मतदातालाई लक्ष्य गरी मतदानमा तिनको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरिका र मतदानको महत्वबारे बोध गराउँछ।

निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र बाहेकका सबै आवश्यक सामग्री जिल्ला आइपुगेको छ। समानुपातिक मतपत्र भने जिल्ला आइसकेको छ। समानुपातिकका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी पाँच लाख ५० हजार मतपत्र आइपुगेको छ।

जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ मतदाता छन्। स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता रहेका थिए।

तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता छन्। तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा ६७ हजार एक सय ४४ र प्रदेश सभा (ख) मा ५६ हजार तीन सय ४६ मतदाता छन्। तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) मा ६७ हजार ३२ र प्रदेश (ख) मा ५७ हजार नौ सय ७३ मतदाता छन्।

जिल्लामा एक सय ४२ मतदानस्थल र तीन सय पाँच मतदान केन्द्र छन्। तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५२ मतदान केन्द्र छन्। क्षेत्र नम्बर २ तर्फ ७३ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र छन्।

क्षेत्र नम्बर १ प्रदेश (क)तर्फ ३६ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश (ख) तर्फ ३३ मतदानस्थल र ७० मतदान केन्द्र कायम छन्। क्षेत्र नम्बर २ प्रदेश ९क० तर्फ ३७ मतदानस्थल र ८० मतदान केन्द्र तथा प्रदेश (ख) तर्फ ३६ मतदानस्थल र ७३ मतदान केन्द्र छन्।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ३६ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा