एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड « Khabarhub

एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ । आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ ।

किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन हरेक पालिकामा शीतभण्डार तथा कृषि उपज संकलन केन्द्र निर्माण गर्ने, सम्पूर्ण कृषिभूमिमा सुपरजोन, जोन, ब्लक र पकेटस्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल बाली उत्पादनमा जोड दिँदै दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने विषयलाई प्राथमिकतामा राखिएको छ ।

आधुनिक कृषि, संरक्षित कृषि बजार र सम्पन्न किसानको अवधारणा रहेको उक्त कार्ययोजनामा रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानलाई आकर्षित गराउने र बर्सेनि हुने मलको अभावलाई अन्त्य गर्नका लागि मल कारखाना स्थापनामा गर्ने विषय समावेश छन् ।

भूमि बाँझो राख्न नपाउने, बाँझो जमिनमा खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने, कृषियोग्य भूमिमा चक्लाबन्दी एवं गरा सुधार र सामूहिक एवं सहकारी खेतीमा जोड दिइएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार युवा तथा महिला कृषकलाई आधारभूत आधुनिक कृषि शिक्षा, व्यावसायिक तालिम, सहुलियत सरल कर्जा प्रवाह व्यवस्था गर्ने, किसान र कृषि उद्यमीलाई कृषि बिमाका लागि आवश्यक रकम अनुदानमा दिने व्यवस्था छ ।

रोजगारीका लागि विदेशिएका युवालाई कृषि पेशामा आकर्षित गर्न  १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गरिएको छ । ‘विदेशिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा वृद्धि गरौँ १’ अभियान नै सञ्चालन गर्ने, किसानले उत्पादन गर्ने प्रमुख खाद्य बालीमा न्यूनतम समर्थन मूल्य तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना