देशलाई सुरुङयुगमा प्रवेश गराउने एमाले नै हो : ज्ञवाली | Khabarhub Khabarhub

देशलाई सुरुङयुगमा प्रवेश गराउने एमाले नै हो : ज्ञवाली


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले देशलाई सुरुङयुगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताएका छन् । काठमाडौंंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उनले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताए ।

गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै भने, ‘देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हाे ।’

ज्ञवालीले तराईमा सशस्त्र संघर्ष गरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको दावी गरे । ुतराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौंं, यो एमाले  नेतृत्वको सरकार हुँदा सम्भव भएको हो,’ उनले भने  ।

मधेश केन्द्रित दलहरूले संविधान जलाइरहेको र सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै गरेको स्मरण गर्दै ज्ञवालीले भने, ‘विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।’ उनले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी गर्दै शान्ति, स्थिरता र विकासका लागि एमालेको जित मुलुकले खोजिरहेको बताए । 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएका छौं, साना तीना धक्काले देश झुक्दैन भन्ने प्रमाणित गरेका छौं’, उनले भने । 

देशको भूभागमाथि आफ्नो वैधानिक दाबीमात्र प्रस्तुत नगरी औपचारिक रुपमा वार्ताको थालनी समेत गरेको अवस्थामा विभिन्न षड्यन्त्रपूर्वक सरकार ढालिएको उनको भनाई छ । नेकपाको नेतृत्वमा साढे तीन वर्ष सरकार चलेको बताउँदै उनले त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे । उनले नेकपा नेतृत्वको तीन वर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको दावी गरे । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा केन्द्रित छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ५४ बजे

असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा

इरानद्वारा अमेरिकी यात्रा प्रतिबन्धको विरोध, जातीय पूर्वाग्रही सोचको आरोप

एजेन्सी– इरानले शनिबार संयुक्त राज्य अमेरिकाले आफू र अन्य ११

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उद्‌घाटन

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

गण्डकी– लमजुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी