कर्णाली करिडोरदेखि लालपुर्जासम्मका चुनावी एजेण्डा | Khabarhub Khabarhub

कर्णाली करिडोरदेखि लालपुर्जासम्मका चुनावी एजेण्डा


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भजनी– कैलालीको टीकापुर क्षेत्रमा सुकुम्वासी, मुक्तकमैयालाई लालपुर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना निर्वाचनका मुख्य मुद्दा बन्दै आएका छन् । उम्मेदवार र राजनीतिक दल विगतका निर्वाचनमा जस्तै अहिले पनि तिनै मुद्दालाई प्राथमिकतामा राखेर मतदाता समक्ष पुग्ने गरेका छन् । अहिलेको निर्वाचनमा कतिपय उम्मेदवार नयाँ भएपनि राजनीतिक दल र तिन उठान गर्ने मुद्दा भने परिवर्तन हुनसकेका छैनन् । हिजोका दिनमा उठेका चुनावका मुद्दामा सुकुम्वासीलाई लालपुर्जा, टीकापुर विमानस्थल सञ्चालन, औद्योगिक ग्रामस्थापना लगायतका कुनै पनि विषयमा काम हुनसकेका छैनन् । 

कैलाली क्षेत्र नं १ मा विशेष चर्चाको विषय अहिले कर्णाली करिडोर बनेको छ । विकासका मुद्दाका रुपमा हिजोका दिनमा पनि बहस र विमर्श हुने गरिएपनि अहिलेको यो विषयलाई पृथक रुपमा हेरिएको छ । यतिबेला नेकपा एमालेले कर्णाली करिडोरको विषयलाई महत्वकासाथ उठाएको छ । निर्वाचनमा मुख्य मुद्दा नै बनाएर मतदाताको घरघरमा एमालेका उम्मेदवार पुगेका छन् । ‘एजेण्डा बनाउनु मात्रै नौलो कुरा होइन । त्यसलाई कार्यान्वयन गर्ने आधार पनि जनताको माझमा बुझ्ने गरी लैजानु पर्छ’, स्थानीय रामचन्द्र चौधरीले भने, ‘यस्ता विषय जनताको लागि नौलो होइन । यी सबै चुनाव सम्पन्न हुँदासम्मका लागि मात्रै हुनजस्तो लाग्छ ।’

 टीकापुर नगरपालिका–१ का रणबहादुर बिक २०६४ सालको निर्वाचनदेखि हालसम्म त्यहीँ सुकुम्बासीको लालपुर्जाको विषय महत्वका साथ उठ्दै आएको बताउँछन्। उनले निर्वाचनको समयमा उठेका एउटा पनि विषयले पूर्णता पाउन नसकेको बताए ।

‘१८ वर्षदेखि हामी लालपुर्जाकै पछाडि छौँ । आफ्नो जग्गा नभएका कारण राज्यका हरेक सेवा सुविधाबाट पनि वञ्चित छौँं’, रणबहादुरले भने, ‘एजेण्डा बन्छ तर, निर्वाचनसँगै सकिन्छ । लालपुर्जाकोपछि दौडिएका हामी जहाँका त्यहीँ छौँ, एजेण्डा बोक्ने पनि त्यसैमा सीमित छन् ।’

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावलले कर्णाली करिडोरको विषय नौलो नभएको बताए । उनले १० वर्ष अगाडिदेखि नै कर्णाली करिडोरको विषयमा बहस हुँदै आएको र यस्ता विकासका मुद्दामा बहस हुनु राम्रो भएको बताउँछन् । 

कैलाली क्षेत्र नं १ प्रदेश ‘ख’ का गठबन्धनबाट उम्मेदवारसमेत रहेका डा रावलले १० वर्ष पहिले कर्णाली करिडोर, मोहना/कर्णाली नदीको त्रिवेणी माथि भेरी/कर्णालीको त्रिवेणी धामको रुपमा विकास गरी टीकापुर क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने योजना नौलो नभएको बताउँछन् । 

दुई करोड ७० लाख बजेट विनियोजन भई त्यसलाई क्रमागत आयोजनाको रुपमा अगाडि बढाउने योजना रहेको बताउँछन्  । ‘बर्दिया राष्ट्रिय निकुञ्जका कारण केही समस्या भएका कारण प्रक्रिया अगाडि बढ्न मात्रै नसकेको हो’, उनले भने। कर्णाली/मोहना त्रिवेणीदेखि कर्णालीकै तटबाट कैलाश मानसरोवरसम्मको धार्मिक यात्रा गर्न सकिने गरी कर्णालीलाई व्यवस्थापन गर्न भारतसँग पनि छलफल भएको उनले बताए ।

नेकपा एमालेबाट  प्रदेश ‘ख’ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले टीकापुर क्षेत्रका जनतालाई बाढी र डुबानको सास्तीबाट जोगाउनको लागि पनि कर्णाली करिडोर महत्वपूर्ण हुने बताउँछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ३० बजे

बागमतीको जलस्तर बढ्दै, नदी किनारमा सावधानी अपनाउन आग्रह

काठमाडौं–  काठमाडौंसहित देशका अधिकांश स्थानमा शनिबार रातिदेखि वर्षा भएको छ

मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय

काठमाडौं– राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं– संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको छ

राष्ट्रियसभा : विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफल जारी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक–२०८२ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली