आगामी निर्वाचन : मतदातालाई मत बदर हुने चिन्ता | Khabarhub Khabarhub

आगामी निर्वाचन : मतदातालाई मत बदर हुने चिन्ता


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति नजिक आइरहेको बेला मतदान कसरी गर्ने भन्नेमा मतदाता अन्योलमा छन् ।  निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा मत बदर हुने चिन्तासमेत बढेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभाको  निर्वाचनमा जिल्लाभर ७६ हजार एक सय मत खसेकामा सात हजार ५४ मत बदर भएको थियो । 

आसन्न निर्वाचन नजिकै आइसके पनि  मतदान कसरी गर्ने भनेर अलमल भएको दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । मतदान कसरी गर्ने भन्नेबारे अन्योल छ । भोट हाल्ने तरिकाबारे थाहा नभएकाले अन्योलता छाएको छ । उनले भने, ‘मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हामी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा  हुन सकेको छैन ।’ यसले गर्दा  बदर मतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । गएको स्थानीय तहको निर्वाचनमा समेत मतदाता शिक्षा सञ्चालन हुन सकेको थिएन ।

‘यही कात्तिक १८देखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भनिएको छ’ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले भने, ‘सो अवधिभर मतदाता शिक्षा कार्यक्रम समुदायस्तरमै सञ्चालन हुन्छ, त्यसका लागि प्रत्येक वडामा कम्तीमा एकजना स्वयंसेवक खटाइन्छ ।’ 

कम्तीमा १० पास भएका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बन्धित स्थानीय तहले नियुक्त गरेर समुदायस्तरमै  गएर मतदातालाई सिकाउने भनेर आयोगबाट निर्देशन आएको निर्वाचन अधिकारी फुँयालको भनाइ थियो । मतदाता शिक्षाले बदर मतको सङ्ख्या घटाउने निर्वाचन कार्यालयको जिकिर  छ । यसपटक मतदाताले चार मतपत्रमा छाप लगाउनुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक र समानुपातिकका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक/एक गरेर चार मतपत्रमा  छाप लगाउनुपर्नेछ ।

जिल्लामा  प्रतिनिधिसभा सदस्यका लागि एक मात्र क्षेत्र रहेको छ । यहाँ एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।  

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : १७ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले