'ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ' | Khabarhub Khabarhub

‘ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउँछ’


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले सत्ताधारी दलको गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको आरोप लगाएका छन् । थापाले यो सरकारका कारण उद्योगी व्यवसायी तथा नागरिक असन्तुष्ट रहेको बताएका छन् । 

उनले भने, ‘पाँच दलीय गठबन्धनका कारण मुलुक आर्थिक संकटमा परेको छ, हामी सरकारमा गएपछि बेरोजगारलाई स्वदेशमै रोजगारी दिन्छौं ।’ कार्यक्रममा उनले रुपन्देहीमा सञ्चालित पाँच वटा स्टील उद्योग बन्द भएको पनि बताए ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री को हो रु भन्दै उनले कांग्रेसका नेताहरूले अबको प्रधानमन्त्री शेरबहादुर देउवा भन्ने गरेको तर गठबन्धनका नेता डा. बाबुराम भट्टराई अबको प्रधानमन्त्री प्रचण्ड भन्ने गरेको बताए । उनले भने, ‘सत्तारूढ गठबन्धनमा स्पष्टता छैन । तर यता तीन दलीय तालमेलको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने पक्का भइसकेको छ ।’ उनले ओली प्रधानमन्त्री बने मात्रै मुलुकले निकासा पाउने बताए । 

उनले दीपक बोहरालाई निर्वाचन जिताउनुपर्ने पनि बताए । उनीले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताए विकासले थप गति लिने दाबी गरे । बोहराको अगुवाइमा भएका विकास निर्माणबारे जनताले राम्रोसँग बुझेकाले बोहराको जित सुनिश्चित भएको दावी गरे । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : २१ बजे

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

जुम्लामा १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला– जुम्लामा यस वर्षको दशैँको समयमा मात्रै १६ करोड रुपैयाँ

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले