काठमाडौँ- ८ : चार महिला उम्मेदवार प्रतिस्पर्धामा « Khabarhub

काठमाडौँ- ८ : चार महिला उम्मेदवार प्रतिस्पर्धामा


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । आसन्न निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा एक सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दुई महिलाको उम्मेदवारी परेको छ ।

 सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट एक र स्वतन्त्रबाट एक महिलाको उम्मेदवारी रहेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले बताए ।

उनका अनुसार सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (क)मा दुई महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । नेमकिपाबाट एक र जनता समाजवादी पार्टी नेपालका तर्फबाट एक महिलाको उम्मेदवारी परेको छ । उक्त निर्वाचन क्षेत्रमा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र गरी ४० जनाको उम्मेदवारी परेको हो ।

सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (क)मा नौजनाको उम्मेदवारी रहेको छ भने प्रदेशसभा २ (ख)मा १२ उम्मेदवारी परेको अधिकारीले जानकारी दिए ।

प्रदेश १ मा ३० हजार ४९ र प्रदेश २ मा २३ हजार ५७ गरी उक्त क्षेत्रमा जम्मा ५३ हजार एक सय ६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । २३ मतदानस्थल तोकिएको उक्त क्षेत्रमा ६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

 सो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका ६ वडा र नागार्जुन नगरपालिकाका दुई वडा समेटिएका छन् । काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिका–४ र ५ यो क्षेत्रमा समेटिएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ०७ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको